शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

भिजिट नेपाल २०२० को प्रचार गर्न मेरिल्याण्डमा समिति गठन

३ फाल्गुन २०७६, शनिबार भिजिट नेपाल २०२० को प्रचार गर्न मेरिल्याण्डमा समिति गठन

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले भिजिट नेपाल २०२० को प्रसार प्रसार गर्ने उद्देश्यले उपाध्यक्ष राजु पराजुलीको संयोजकत्वमा एक उप समितिको गठन गरेको छ ।

समितिमा मेरिल्याण्डमा रहेका उत्साही सामाजिक व्यक्तित्वहरुलाई समेटेर राखिएको च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले बताउनु भयो । समितिमा डाक्टर उत्तम गौली, डाक्टर कृष्ण विष्ट, तिर्थ पाण्डेय, बिनोद अधिकारी, शान्ता गौतम, विश्वकिरण थापा, सुदर्शन पौडेल, भरत थापा, रमेश भट्ट, रमेश श्रेष्ठ, पिताम्बर भट्टराई, बलराम पौडेल, निरज महर्जन, माधुरी चापागाईं, सिर्जना पोख्रेल, नारायण सिंह गुरुङ, दिपक रिजाल, प्रज्ञा जोशी, निमा लामा, मनकुमार श्रेष्ठ,  गोबिन्द लम्साल र मोहनजंग शाही रहनु भएको छ ।

मेरिल्याण्डमा रहेका नेपालीहरुका बीचमा नेपाल भ्रमण बर्ष २०२० को अभियान तिब्र बनाउने उद्देश्यले आफुहरुले कमिटि गठन गरेको अध्यक्ष घिमिरेले बताउनु भयो ।

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले पहिलो बैठकबाट नै भ्रमण बर्ष २०२० को अभियान तिब्र बनाउने भनेर उपाध्यक्ष राजु पराजुलीलाइ यसको संयोजक बनेको थियो ।

“हामीले बिभिन्न कामहरु सम्पन्न गरिसकेका छौं । प्रचार प्रसारको काम नेपाली समुदायभन्दा बाहिर लैजान आवश्यक पर्ने भएकोले बिभिन्न क्षेत्रका व्यक्तित्वहरु समेटेर समितिलाई पूर्णता दिएका हौँ ” च्याप्टर उपाध्यक्ष तथा उप समितिका संयोजक पराजुलीले बताउनु भयो ।

समितिमा बस्ने ब्यक्तित्वहरु अति नै उत्साही हुनुहुन्छ । सबैले उर्जा पनि दिनु भएको छ । छिट्टै बैठक बसेर प्रभावकारी योजनाहरु बनाउने छौं ।-राजु पराजुलीले डायस्पोरासंग भन्नुभयो ।

मेरिल्याण्ड च्याप्टरले जारी गरेको बिज्ञप्ति:

नेपाल सरकारले सन्२०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने कार्यक्रम ल्याएसगै NRNA NCC USA MD chapter ले पनि मातृभूमि प्रतिको गहिरो सम्बन्धलाई सार्थक तुल्याउन “VISIT NEPAL 2020 “ लाईं टेवा पुरयाउने अभिप्रायका साथ बर्तमान कार्यसमितिको पदस्थापन को कार्यक्रम वाट नै “अथिति देवो भव:”को मुल नारालाई अघि सार्दै “ आफू पनि नेपाल जाउं, अरूलाई पनि पठाऔं” भन्ने आब्हानका साथ कार्यसमितिका उपाध्यक्ष श्री राजु पराजुली ज्यूलाई संयोजक को जिम्मेवारि दिने निर्णय गरिइएको थियो, उक्त निर्णयलाई परिणाममुखी बनाउनका लागि उपाध्यक्ष ज्यूको संयोजकत्वमा तपसीलका महानुभावहरू समेत सम्मिलित २० सदस्यिय संयोजन कमिटी निर्माण गरिएको व्यहोरा जानकारी गर्न चाहान्छौं ।यस कमिटिले आउदा दिनहरुमा “VISIT NEPAL 2020”को कार्यक्रम सफलता लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
संयोजक
श्री राजु पराजुली (NRNA USA MD Chapter)
सदस्यहरु
1. श्री डा. उत्तम गौली
2. श्री डा.कृष्ण विष्ट
3. श्री तिर्थ पण्डेय
4. श्री विनोद अधिकारी
5. श्रीमती शान्ता गौतम
6. श्री विश्वकिरण थापा
7. श्री सुदर्शन पौडेल
8. श्री भरत थापा
9. श्री रमेश भट्ट
10. श्री रमेश श्रेष्ठ
11. श्री बलराम पौडेल
12. श्री निरज महर्जन
13. श्रीमती माधुरी चापागाई
14. श्रीमती सिर्जना पोख्रेल
15. श्री नारायण सिंह गुरुगं
16. श्री दीपक रिजाल
17. श्रीमती प्रज्ञा जोशी
18. श्री निमा लामा
19. श्री पिताम्बर भट्टराई
20.श्री गोबिन्द लम्साल

यो पनि पढ्नुहोस :   आविष्कार केन्द्रलाई जापानमा उठेको रकम महाबिर पुनलाई हस्तान्तरण

21. श्री मोहनजंग शाही

22. श्री मनकुमार श्रेष्ठ

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य