शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

“आदा” हरुलाई दुई हप्ते अन्तिम सुचना जारी भो -शैलेश श्रेष्ठ

२९ माघ २०७६, बुधबार “आदा” हरुलाई दुई हप्ते अन्तिम सुचना जारी भो -शैलेश श्रेष्ठ

 

आज म असाध्यै खुसी छु । गैरआवासीय नेपाली संघको निर्वाचन सम्वन्धी नियमावलीको दफा ७.६ का अनुसार यस संघको कार्यकारी तहमा बहाल भएका कुनै पनि पदाधिकारीहरु अन्य कुनै पनि राजनैतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी पदमा बस्न नहुने स्पष्ट किटान गरिएको छ अझ एक तह अगाडी बढेर निर्वाचन आचारसंहिताले त झन एनआरएनए एनसीसी या आईसीसीमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदवारी मनोनयनकै बेला त्यस्तो भएको र रहेको अवस्था भए निर्वाचन पुर्वनै तत् तत् पदमा राजिनामा दिएको स्विकृती-पत्र नै पेश गर्नु पर्नेसम्म भनिएको थियो तर प्रवासमा रकमी र कपटीपाराले दलगत राजनीति गरेका “आदा” हरुले हरेक बहानामा टाउको लुकाउँदै अनि बच्दै आएका छन र थिए ।

उनीहरुका अनेक बहानाहरु हुने गर्दथे, यो त अमेरिकामा दर्ता भएको ५०१ (सी ) ३ अन्तर्गतको गैर नाफामुलक गैर राजनैतिक संगठन हो, म कार्यकारी हैसियतको पदाधिकारी होइन, नेपाली जनसम्पर्क समितिको सल्लाहकार मात्र हो, महासमिति सदस्य मात्र हो, प्रवासी नेपाली मंच तात्कालिक एमालेको भात्री संगठननै होइन आदी ईत्यादी !

महासचिबद्वारा प्रेषित बिज्ञप्तिमा स्पष्ट शब्दमा भनिएको छ “स्थानीय कानुन अनुसार राजनीतिक दलका भात्री संगठनहरु सामाजिक संस्थाको रुपमा दर्ता भई गतिबिधि गर्दै आएको भएपनि संघले यो संगठनहरुलाई राजनीतिक संस्थाकै रुपम पहिचान गर्ने जानकारी गराईन्छ | हाम्रो अमेरिकाको सन्दर्भमा यसको सिधा अर्थ हो यहाँ ५०१ (सी) ३ अन्तर्गत दर्ता भएका नेपाली जनसम्पर्क समिति, अमेरिका र प्रवासी नेपाली मंच (अहिले नेकपा डबलको निर्देशनमा “एकता” पनि थपेका छन क्यारे!) पुर्व एमालेहरुको भूमिगत भात्री संगठन “राजनीतिक संस्था” हरु नै हुन ।

तर उठ्दादेखि सुत्दासम्म उताकै राजनीतिमा निर्लिप्त हराएका अनि रमाएका थिए । त्यस्तो गर्नै पाईन्न भनेर हामीले कहिल्यै भनेनौं हामीले भनेको त्यति हो हाम्रो सबैको हुन सक्ने एनआरएनएलाई तिमीहरुकै जस्तो गन्धा चाँही नबनाई देउ!

यो पनि पढ्नुहोस :   नेप्लिज डायस्पोरालाई समाजसेवी तथा ब्यबसायी हेम पाठकको शुभकामना

यसरी अटेर गरेरै यिनीहरुले पाँच बर्ष बिताए । अन्तको कुरो म जान्दिन यो आ-मरिखाको कुरा गर्ने हो भने कांग्रेस नभएको भए र त्यो जत्था अनि दलबल परिचालित नभएको भए सन् २०१४ को खगेन्द्र क्षेत्री, २०१५-१७ र २०१७-१९ का डा. केशब पौडेल अनि २०१९-२१ का सुनील साहलाई चुनाब जित्न यति सजिलो हुने थिएन । त्यस भित्रका घटना र घोटालाहरुको फेहरिस्त र बयान मैले गरिरहन आवश्यक नै छैन दुनियालाई थाहा छ फरक त्यत्ति हो बहुमत मानिस भनि बिझाउने आँट गरेर छुच्चो हुँदैन म मनको आदेशमा यस्ता प्रमाणिक सत्य बोल्न पछि हट्दिन ।

मैले एनआरएनएलाई “आदा” मुक्त बनाउनै पर्छ र बनाएरै छाड्ने अडान लिईरहंदा यही संस्थालाई दलगत कब्जा गरिछाड्ने राजनीतिबाज र “आss बोलेर लेखेर केही हुँदैन” भन्ने लाचार निराशाबादीहरुसंगको दोहोरो लडाई लडेको छु । यसपालीको बिश्व सम्मेलनमा उताको राजनीतिसंग लेनादेना केही नभएको र नेतृत्व तहमा पुग्नको लागि राजनीतिबाजहरुलाई भर्याङ्ग बनाई राख्न नपर्ने हैसियतको एकजना महासचिबका उम्मेदवार डा. हेम राज शर्मालाई मैले यतै हड्सनवारीबाट मनको चस्माले देखें र मनको आदेशमा यतैबाट “ईन्डोर्स” पनि गरें । मलाई लाग्यो एकजना प्राध्यापक हाम्रो संगठनमा आउने चाहना राख्नु भनेको नयाँ सम्भावनाको ढोका खुल्नु पनि हो । आज निर्वाचन सम्पन्न भएको करिब चार महिनापछि उनै डा. हेम राज शर्माले “जो जससंग सम्बन्धित छ” बिषयमा सम्प्रेषित गरेको यो दुई हप्ते सुचनाले मलाई उपल्लो हल्लास र जीतको अनुभूति भएको छ ।

मलाई थाहा छ यो संस्थागत निर्णय हो तर पनि म यसमा सबभन्दा बढी जस महासचिब डा. हेम राज शर्मालाई दिन कन्जुस्याई गर्दिन । अझै पनि कार्यन्वयन सजिलो छैन तर हामी बिशेष संचारले सचेत, स्वतन्त्र अनि स्वाधीन भएर लेख्यौं अनि बोल्यौं भने “आदा” मुक्त एनआरएनए अबको युगमा अवश्यम्भावी छ भन्ने असल सन्देश यो परिपत्रले सम्प्रेषित गरेको छ । आशा गरौँ, एनआरएनए आईसीसी र एनसीसीमा हरेक तिकडम अनि सौदाबाजी गरेर छद्मभेषमा छिरेका दलगत राजनीति बाजहरुले अबको दुई हप्तामा स्वेच्छिक वहिर्गमन भएर निर्वाचन सम्वन्धी नियमावलीको दफा ७.६ को बाध्यकारी कदम चाल्ने अवस्था नआओस! जय एआरएन, एआरएनए-जिन्दाबाद !

यो पनि पढ्नुहोस :   अंग्रेजी माध्यममा मै पढ्नु पर्ने कारण -शान्ति अर्याल अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य