शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

भाइरस (कविता) – निरूबिन्दु परिया

२९ माघ २०७६, बुधबार भाइरस  (कविता) – निरूबिन्दु परिया

हिजो-आज अस्त- व्यस्त छन् देशहरू
जडीबुटी संग्रह गर्न
र खोपहरू तयार पार्न

मच्चिरहेका छन् हाहाकार
फैलिरहेका छन् चर्चाहरू
विश्वभरी

टिभी च्यानलका आँखाहरूले तलास्दैछन् कुनै नौलो खबरहरू
रेडियो – संजाल सबै लागि परेका छन् सतर्कता दर्शाउन ।

उपचार औ रोकथामका माध्यम खोज्दैछन्
देशहरू अनि देशका वैज्ञानिकहरू

तर पनि लाचार र विवश छ देश

मान्छेको एउटा भीड् दौडिन्दैछ अस्पतालतिर
मान्छेको अर्को भीड दौडिन्दैछ श्मसानतिर

त्यसैले डराउँछ देश !

खोकी लाग्नै हुन्न बेस्मारी डराउँछ देश
ज्वरो आउनै हुन्न मरूञ्जेल तर्सिन्छ देश
हाँछ्यूँ काढ्नै हुन्न हुरूक्कै सर्किन्छ देश

हुन पनि कुन- कुन भाइरस झेलोस् देशले ?
कस्तो-कस्तो संकटको सामना गरोस देशले ?

बर्डफ्लू झेलेकै हो
श्वाइनफ्लू झेलेकै हो

वर्तमान, “कोरोना भाईरस” को संक्रमण झेल्दैछ
देशले………प्रत्येक देशले,

भाइरसका साँडेहरू पसेर
मानवताको बाली मास्तैछ
पृथ्वीको खेतमा सिङ्गौरी खेल्दै

बेसक
मान्छेको मुटु – मस्तिष्क खाँदैछ

त्यसै पनि,
आर्थिक मन्दीको भाइरसले ग्रस्त छ देश
आतङ्की हमलाको भाइरसले त्रस्त छ देश
बेकारीपनको भाइरसले ध्वस्त छ देश

ईर्ष्या-द्वेषको भाइरसले अचेत छ देश
महँगाइको भाइरसले बेहाल छ देश
हो संत्राशमा काँप्तै बाँचेको छ देश

नशालु पर्दाथका भाइरस फैलिएकोछ मान्छेको लतमा
धन अनि लोभको भाइरस सिंचिएकोछ मान्छेको चेतनामा

वस्तुत :
मान्छे नै…….मान्छेको निम्ति भाइरस बन्दैछ ।

– जल्ढक्का कालेबुङ्ग ।

 

(- निरूबिन्दु परियारको यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   गुलाब (कविता) -राजेन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य