शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

‘लक्का जवान’ को दोस्रो गीत सार्बजनिक (भिडियो सहित)

१ फाल्गुन २०७६, बिहीबार ‘लक्का जवान’ को दोस्रो गीत सार्बजनिक (भिडियो सहित)

काठमाडौँ – हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’को गीत सार्वजनिक गरिएको छ । ‘मुसुक्कै हाँसन माया’ बोल सिनेमामा समावेश दोस्रो गीत हो ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड लोकगीतमा बाबुल गिरीको शब्द र संगीत छ । बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज दिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

ध्रुब वन्तको प्रस्तुति रहेको चलचित्रको निर्माता अनसुया श्रेष्ठ वन्त र किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता हुन् । सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

भिडियो

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   तरुनी र तक्मे बुढाको भिडियो कल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य