बुधबार, २६ चैत २०७६
Wed, 2020-04-08
Open Nav

श्री दुर्गा भवन माविमा विद्यार्थीले लगाए ताला

१ फाल्गुन २०७६, बिहीबार श्री दुर्गा भवन माविमा विद्यार्थीले लगाए ताला

सज्जन ढकाल

गुल्मी फाल्गुण १ ,

श्री दुर्गा भवन माद्यमिक बिद्यालय कालीगण्डकी ७, भुर्तुङ् छापचौरको कार्यालय र प्रबेस द्वारमा विद्यार्थीले स्थायी नेपाली शिक्षकको माग गर्दै तालाबन्धी र आन्दोलन सुरु गरेका छन | लामो समय सम्म नेपाली स्थायी शिक्षक नभएकाले पठनपाठनमा बाधा पुगेको र एसईई दिने विद्यार्थीलाई पढाईमा असर पुगेको भन्दै | विद्यार्थी आन्दोलित भएका हुन | पठक पठक भन्दापनी हाम्रो गुनासो प्रति बिद्यालय , ब्यवस्थापन समिती र अन्य सम्बन्धित निकायले चासो नदियको र उदासिनता प्रस्तुत गरेको भन्दै उक्त निकायलाइ दबाव दिन यस्तो उपाय अपनाउन बाध्य भयको एक आन्दोलित विद्यार्थीले बताए ।

श्री दुर्गा भवन माबी छापचौरमा लामो समयदेखि स्थायी दरबन्धिमा नेपाली विषय पढाउदै आउनुभएका कमल ज्ञावलि मंसिर १२ गते अनिवार्य अवकास प्राप्त गरे पछि उक्त दरबन्धी खाली थियो । अनिवार्य अवकास निस्केको अढाई महिना हुदापनि शिक्षक नियुक्ति हुन नसक्नु निकै लज्जास्पद र गाउँपालिका शिक्षा साखाले उदासिनता देखाउनु गम्भीर विषय बनेको विद्यार्थीको मुख्य गुनासो रहेको छ । गाउँपालिका भरी माबिका स्थायी दरबन्धी २६ रहेका छन । शिक्षक नियुक्ति नगर्दा सम्म ताला बन्धी र आन्दोलन जारी रहने बताएका छन ।

 

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   जाजरकोटकी चेली बलिउडमा मुख्य अभिनेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य