शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

रामकृष्ण ढकाल नयाँ गीतमा निलम सहित देखिए (भिडियो सहित)

२ फाल्गुन २०७६, शुक्रबार रामकृष्ण ढकाल नयाँ गीतमा निलम सहित देखिए (भिडियो सहित)

नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाललाई निलम ढकालले साथ दिएकी छिन ।

भ्यालेन्टाईन डेको अवसर पारेर सार्बजनिक भएको गीतमा एउटा प्रेमीले आफ्नी प्रेमिकालाई गरेको प्रेमिल बयान सुन्न र देख्न पाईन्छ ।

गीतकार मनिष बशिष्ठको गीतलाई कर्म ब्याण्डका सुरेन्द्रमान सिंहले संगीत दिएका हुन् ।

नबराज उप्रेतीको सिनेमाटोग्राफीमा बनेको गीतको भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । सुबोल थापाको कोरियोग्राफीमा बनेको गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् ।

भिडियो हेरौं

 

यो बर्षको लागि तपाईलाई रामकृष्ण ढकाल कै अर्को भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   बाल्टिमोरमा नेपालीको अर्को रेष्टुरेन्ट शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य