शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

कमरेड सलाम (अर्ग्यानिक कविता) – नीमा भुटिया

२ फाल्गुन २०७६, शुक्रबार कमरेड सलाम  (अर्ग्यानिक कविता) – नीमा भुटिया

भोको नाङ्गो पेटहरूको आवाज
मेरो कमरेड सलाम
तिमीलाई
धनीको न्यानो माया र भोजन
मेरो घरको दलानमा आँखा नदेख्ने
ती बुढी आमाको देहान्त
मेरो कमरेड सलाम
तिमीलाई
भोको सपना र अधिकारको
छाती बोकेर हिडेको म देशमा
आज नेताहरुको खेलौना बने
तैपनि मेरो स्वाभीमानी मरेको छैन यहाँ
यसैले मेरो कमरेड सलाम
तिमीलाई
एउटा उद्देश्य र अभिलाषा उनेर घरको दलान छोडेको तिमी र म
आज तिमी त खै——-?
उस्तै भोग र विलासको कठपुतली नै बन्यौं यहाँ
मेरो रगतको हिसाब दिनु तिमी खै—-?
आज चुपचाप देशको भुँडी चिर्नु तयार बन्यौं
तैपनि मेरो कमरेड सलाम
तिमीलाई
खुन र पसिनाको मेरो सपनाहरू
तिमीले चुपचाप के सित यहाँ साट्यो——?
आफ्नो महल सुन्दर बनाउनुलाई यहाँ
मेरी बुढी आमाको सपनाहरू गर्भमा तुहायो
तैपनि म कमरेड हूँ यहाँ
अझै पनि मेरो कमरेड सलाम
तिमीलाई
किन भने तिम्रो र मेरो सिद्धान्त एउटा छ यहाँ
यसैले तिमी सहजै बुझ्छौं यो भाषामा यहाँ
मेरो कमरेड सलाम
तिमीलाई—–!!

– जलढक्का कालेबुङ्ग, भारत ।

(-नीमा भुटियाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

 

यो पनि पढ्नुहोस :   अध्यक्षमा राधेश्याम लेकाली, महासचिबमा रामप्रसाद खनाल, अमेरिका उपाध्यक्षमा प्रकाश नेपाल, र सचिबमा लाल गोपाल सुबेदीको मिलेर उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य