शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

दोस्रो बास -दीपक विश्वकर्मा

२ फाल्गुन २०७६, शुक्रबार दोस्रो बास  -दीपक विश्वकर्मा

लेखनीका अनेकौ विषयवस्तुहरू छरपष्ट छन् । यस्तो लाग्दछ म कहिल्यै उतारेर सक्ने छैन कापीमा यी अनगिन्ती भोगाइहरू । अलग अलग बासका अलगअलग सिरानीहरू अलग अलग नै रहे । एक, दुई, तीन गर्दै चौथोबासमा मात्र खुट्टा थामिन पुगेका हुन् मेरा । यी बासहरूमा अनेकौको संगत जु¥यो । बाआमा हुँदैभए, छोराले पढेनन्, नातिले पढ्नुपर्छ भन्दै आफ्नो नातिसंग डोहो¥याउँदै स्कूल पु¥याउने बुढाघर बुढाबाको अजबगजब संगत जु¥यो । आज म कापीका पानाहरूमा जतिपनि वर्णमालाहरू उतार्ने गछु, ती सबै ऊनै बुढाबाका असीम आशीर्वादहरू हुन् । यदी उनले मलाई डोहो¥याउँदै आफ्नो नातिको साथमा स्कूल नपु¥याएको भए, म आज भारतीय सहरहरूमा चौकिदारी गरेको हुन्थे । यसमा कुनै सन्देह छैन । किनकि म शारीरिक रुपले पुख्र्यौली पेसो गर्न सक्ने क्षेमताको ब्यक्ति हुँदै होइन । हात सग्ला देखिएता पनि मैले लामोसमय घन, मार्तोल, कोदालो बन्चरो मुट्टीले समाएर काम गर्न सक्दिन । यस्तो शारीरिक अवस्थाको मान्छेले पुख्यौली पेसो गर्न सक्ने अवस्था रहने थिएन । मेरो जीवनका प्रथम देवदुत श्रद्धेय बुढाबा पञ्चतत्वमा बिलिन भएको पनि दशकौं भयो । तर पनि उनलाई मैले हरपल संझने गर्दछु र यो संझनाको शिलशिला जीवनप्रयन्त रहिरहने छ ।
बाआमाको काख, साथीसंगीको संगत, गुरूहरूको आशीर्वचन, रामरमाइलो, घामघमाइलो, शुःख—दुख, र फागुहोलीका रंगीचंगीमा पहिलो बास कसरी बित्यो थाहै पाइएन । आजको जस्तो लम्बाचौडा पाखोबारी थिएन हाम्रो, म सानो छँदा । तर जति थियो त्यसैमा एमान बडो एकहाते मकै फल्थ्यो । किनकि बारीले मल पाउँथ्यो । बकेर्नो पो किन नहोस् भैसी टुट्थेन भकारोमा । कहिलेकाँही दुईचारगोटा बाख्राका पाठापाठी, एकाध पुच्छर गाईगोरू पनि हुन्थे खोर—भकारोमा । र त मलखातमा मलको चाङ्ग लाग्थ्यो । टोलछिमेकमा अर्मपर्म, ऐचोपैचो चल्थ्यो । पोस्कर, पातपङ्गिर गाईभैसीको मलमुत्रसित मिसिएर कुहिएर कालै बनेकोे मल बारीको पाटाभरि छरिन्थ्यो । सोही कारणले फल्थे हाते मकै बारीमा । हामीलाई मकै पोल्न पनि निकै सजिलो थियो । किनकि बाहरूले आरनको टुँडोमा बिहानदेखि बेलुकीसम्म गोल जलाएका हुन्थे । भर्भराउँदो आगोमा पोलेको एमान हाते मकैको घाँटीमा नियाले बाँसको छेस्को घुसाएर दाँतैले कोपरेर मकै खानुपो मजजै अलग हुन्थ्यो ।
रेसुङ्गाका पाखापखेरा, उकाली ओराली, साउने, च्वाङ्गखोला, ढाँडा, रोल्खोला र साउनेका बनपाखाहरूमा चहार्नु, ब्याटमार चुरोटबाट बनेका पत्ताको गट्टा खेल्नु, ग्राहकहरूले पगालेर गाग्रीताउला बनाउन बालाई दिएका तामाका सिक्काहरूलाई सुटुक्क चोरेर घुच्ची खेलेर थैलो रित्तै बनाइदिनु र स्कुल जान्छु भनेर घरबाट हिँडेको केटो बारीको काल्नामा लुकेर जुटपत्ती खेलेर बेलुकी टुपुक्क घर छिर्नु, पहिलोबासका बालापनहरू थिए । एकपटकको संझना छ मलाई यो तामाको पैसाको थैलोसंग जोडिएको । हाम्रा बा, जेठाबा, कान्छाबाहरू आरने पेसामा बहुतै सिपालु थिए । फलाम पिठ्थे । पितल, तामा, सिल्टी सबै प्रकारका धातुलाई बडो मोहक तरिकाले आकार प्रदान गर्ने गर्दथे । सानोतिनो कारखाना नै सञ्चालनमा थियो । भाडा अर्जाप्न आएका मानिसहरू काम सकिँदा पनि उनीहरूको काम हेरेर दिन बिताउँथे । गाउँका कुनै ब्यक्तिले (आजकाल म मेरो लेखनीमा सम्बोधन प्रयोग हुने नामबाचक शब्द बिष्टलाई लेख्ने गर्दिन) हाम्राबालाई पगालेर गाग्री ताउला बनाईदिन भन्दै एकबोरा तामाका सिक्का ल्याएर दिएका थिए । गाउँमा घुच्ची खेल्ने खुब प्रचलन थियो र घुच्ची ब्याटमार हुँदै पैसामा रुपान्तरण हुँदै थियो । बोराको थुप्रो, पैसाको थुप्रो हो भन्ने मेरो जानकारीमा आएपछि म ती सिक्काहरू गोजीमा भराउँदै घुच्चीमा सिध्याउन थालेँ । लगभग एकाधमाना सिक्का सकिएपछि बल्ल बाआमाले थाहा पाए । मलाई संझना छ, त्यत्रो ठूलो बदमासी गर्दापनि बाले रुखो बचनले गाली गरेनन् । आमैलाई देखाउँदै मात्र भनेको थिए— “हेर्त बज्याले सकेछ पैसो जति जुवा खेलेर । अब काँट बनाएर दिने ताउलो बनार ?”
यिनै बालापनको सेरोफेरोमा जीवनका अंकगणितहरूले जोडघटाउ गर्न पुगे । गणित माइनस—माइनसतिर गइसकेको बेलामा केही संगतीहरू संजिवनी बनेर टुपुक्क आइपुगे जीवन नैयामा हमसफर गर्न । ती संगती थिए, प्रकाश नेपाल । प्रकाशजी मभन्दा पाका थिए, बानी ब्यवहार र जीवनका अनेक अर्थहरूमा । केही गर्नुपर्छ भन्ने आकाशजस्तै अग्लो उनको अभिलाषा थियो । सो अभिलाषा उनले तराईतिरबाट टुपुक्क बोकेर आएका थिए महेन्द्र हाइस्कूलमा तम्घासमा भर्ना हुन् म पढ्ने कक्षामा । उनको पढाइप्रतिको लगन, मेहनती बानी, अतिमिठासपूर्ण ब्यबहारप्रति म नतमस्तक हुन पुँगेर म मेरा लर्बराएका खुट्टाहरूलाई सही ठाउँमा हिडाउन कोशिश गर्न थालेँ ।
अनेक तरिकाले दोस्रो बासको जोहो भयो । यो बास पहिलोबासको भन्दा ठिक आधा रहयो, लगभग आठ वर्ष । यस बासले जीनवका सबै पाठ सिकायो, जो आज म भोगिरहेको छु । सबभन्दा ठूलो कुरो आवासीय स्कूलको स्वाद चखायो यस बासले । लगभग आधा नेपालका आफ्ना उमेरका मित्रबन्धु, दाजुभाइहरूसंग संगत जुरायो । गोकर्ण मरासिनीको सेबक नामको हवाई पत्रिका, जसमा कविता, मुक्तक र गजल छापिन्थे । सोही सेवक पत्रिकाका असल पाठक थिए पोखरा मोहरिया टोलका विजय बजिमय दाइ । प्रकाशजी र गोकर्णजीको गहन दोस्ती, यी दुईको दोस्तीको पिछलग्गु म । यावत कुराहरूले पोखरामा विजयदाइसंग निकै सानदार संगत जु¥यो । जसको कारणले लेखनीमा सहयोग पुग्यो र कनिकुथी लेख्न सक्ने भइयो । यस हिसाबले मेरो आजको ठम्याई के रहेको छ भने म जे जस्तो तरिकाले कलम चलाउँछु, त्यो विजय बजिमय दाइको प्रोत्साहनको फल हो ।
जे उद्देश्य बोकेर दोस्रोबासको खोजिमा पोखरा पुगिएको थियो, सो उद्देश्य भने सबै पानीको फोका जस्तो भयो । गाउँघरमा अनेकले अनेक तरिकाले सम्बोधन गर्थे मलाई । अथवा आत्मियता र सामिप्यता अनुसारका नाम थिए मेरा । बाआमाले भाइहरू नजन्मदासम्म केटा भन्थे । अरू भाइको ओइरो लागेपछि ठुल्केटा भन्न थाले । बुढीआँ, कान्छीआँ, जेठीआँ र सोही अनुसराको माया गर्नेहरूले सेते भन्थे । किनकि गहुँगोरो थिएँ । पल्लाटोलका जेठाबा, कान्छाबा आमाहरूले चाँहि पुड्के भन्थे । किनकि म अरूजस्तो सलक्कको थिइन । गाउँघरकाले सिधै केटा भनेर सम्बोधन गर्दथे, किनकि म बाहुन क्षेत्रीको छोरो थिइन । जसलाई मानमनितो गर्नु परोस् । समवयका साथीहरू छविलालको लाल हटाएर विको ह्रस्व इकार हटाएर वको माथि एकार थपेर वे बनाएर छवे भन्थे । स्कूलमा गुरूहरूले भने पुरानामले नै बोलाउँथे । हो यही ठूल्केटो, सेते, पुड्के, छवे, छविलाल दोस्रोबासमा महान् कमरेड बन्ने ध्याउन्नमा लागेर घरनघाटको हुन पुग्यो । दिवंगत हाम्रो घरका दर्जी साइला मामाले भन्ने गर्थे मलाई— राम्ररी पढ भान्जा खर्दार हुनुपर्छ तिमी । शेरजंग बस्नेत दाइको अड्कल भने अलि ठूलो थियो । उनले भन्थे— राम्ररी पढ् छवे । तँ सिडियो हुन्चस् । आजका जल्दाबल्दा कांग्रेसी नेता चन्द्रबहादुर के.सी.दाइले जहाँ भेटेपनि निकै गाह्रो नेपाली वाक्य अगाडि तेर्साउँदै अंग्रेजीमा उल्था गर्न लगाउँथे । यार जीवन तँ यति बेकार किन भइस् हँ ? बेलामा लत नछाडेको भए, तँ कम्तीमा मास्टर हुँदोहोस् । सरकारी जागीर तिर मन बनाएको भए, खर्दार पक्कै हुँदोहोस् । धन कमाउँदो होस् । लेख्ने बानी थियो सानैबाट । कुनै राम्रो साहित्य लेखेर धन—मान कमाउँदो होस् । जतिसुकै कठिन नेपाली वाक्यलाई पनि अंग्रेजीमा उल्था गर्न सक्ने हुँदोहोस् ।
यति हुँदाहुँदै पनि म आफूलाई बहुतै भाग्यमानी सम्झिन्छु । यद्यपि यो भाग्यलाई यहाँ म अवसरको प्रयायबाची शब्दकोरुपमा प्रयोग गरेको हुँ । महान् कमरेड बन्ने सपनामा मस्तनिद्रामा निदाउँन पाएको कारणले नै मैले कुनै ठूलो विश्वविद्यालयबाट आर्जन गर्न सकिने ज्ञानभन्दा धेरै जीवनका भोगाइरूपी घडाकाघडा ज्ञान प्राप्त गर्न सकेँ । जनताको मुक्तिको नाम जपेर राजनीतिमा होमिएका हरितम्मन नेताहरू कसरी खरबौं सम्पत्तिका मालिक बन्दारहेछन् भन्ने बुद्धत्व प्राप्त गर्न सकेँ । मागेको चप्पल, सेल्टरदाताले उपहार दिएको सारी, चोलो, कमिज, पाइन्ट, सुरुवाल, पुरानोकोट लगाएर संसद भवन छिरेका महान् नेता—नेत्रीहरू जसरी आज विशाल बंगलाको गेटमा हामीले नामै भन्न नसक्ने कुकुर (उनीहरूको भाषाको डग) लाई काखमा राखेर फोटोसेसन गरिरहेका हुन्छन्, तिनीहरू कसरी यो सफलताको शिखरमा पुगे भन्ने कुराको दिव्यता पनि यही दोस्रोबासले सिकाएको हो मलाई । माक्र्सवादको सिर्जनात्मक् प्रयोगको नाममा जातीय विभेदलाई कसरी यी महान् कमरेडहरूले बचाएर राखेका छन् भन्ने नीतिगत ज्ञानपनि यहीबासको आर्जन हो मेरो । धोइजावोस् न पखाली जावोस्, जतिसुकै पटक माओको अगाडि मुठ्ठी कसेर रेडबुक पढेपनि खाँटी ब्राह्मण जहिल्यै खाँटी नै रहन्छ भन्ने सत्यताको बोध गर्नसक्नु जीवनको महान् उपलब्धी हो मेरो । यी सबै ज्ञानलाई ओझेलमा पार्दै सबभन्दा विशाल ज्ञान त आसामको बसाईको बाह्रवर्षे प्रवासले दिलायो मलाई । दुःखी, बेसहारा, निमुखा नेपाली दाजुभाइ, दिदीबहिनीहरूको बोर्डरहरूमा हुने अपमान, थानाचौकीहरूमा ससानो निहुमा उनीहरूले पाउने असहनीय यातनाको साँछी हुँ म । यी सब कहानीका पाटाहरू चाङ्ग लागेर बसेका छन् मेरो यो निम्छरो दिमागमा । कलममा मसी नसुकेसम्म उतारिने छन् कापीका पानाहरूमा । यिनै मेरा छरपष्ट लेखाईका विषयवस्तुहरू हुन् ।

यो पनि पढ्नुहोस :   किन नेपाली राजदूत विवादमा आईरहन्छन ?

बुटवल, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य