शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

केही प्रेमिल मुक्तकहरु – मन गहिरे

३ फाल्गुन २०७६, शनिबार केही प्रेमिल मुक्तकहरु – मन गहिरे

मुक्तक
राधा अनि कृष्णका प्रेमिल ती बात सम्झन्छु

मधुमास भएको सपनाको रात सम्झन्छु

किन अचेल झस्कन्छु अनयासै जहाँ पनि

बिर्सिएर जाने मायालुका ती घात सम्झन्छु!!

मुक्तक

भेटे पाछि मलाई ,तिम्रो सोचाइ कस्तो होला

जिन्दगिको सफरमा तिम्रो रोजाइ कस्तो होला

बिश्वास मै चल्ने हो संसार ए मेरो मायालु

घात गर्‍यौ भने यो मुटुमा घोचाइ कस्तो होला!!

मुक्तक

के छ र जिन्दगी प्रेम नै प्रेम हो

सृष्टिको सार नै अमुल्य प्रेम हो

लानुनै के छ र छाड ती दुश्मनी

जानू छ छोडेर लोक नै प्रेम हो!

तानसेन,पाल्पा

यो पनि पढ्नुहोस :   क्रोध हो शत्रु ठूलो (कविता) - खगेन्द्र समरस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य