शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

घरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल (५ मुक्तकहरू)

५ फाल्गुन २०७६, सोमबार घरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल (५ मुक्तकहरू)

 

मुक्तक -१

चुनौतीको सेरोफेरो अरू पनि छ
जिन्दगीमा अप्ठेरो अरू पनि छ
छुट्नेहरु छुटीगए के नै भयो र ?
बाँच्नु पर्ने जीवन मेरो अरू पनि छ ।

मुक्तक – २

न जीतको बनायौ, न हारको बनायौ
जे बनायौ, जिन्दगी बेकारको बनायौ
भीरबाट लडाएर डोरी दियौ प्रिय मान्छे
बाँचौँ या त मरिजाऊँ दोधारको बनायौ ।

मुक्तक – ३

ऊ प्रायः यसरी नै लगातार पठाइरहन्छ
कुन्नि के -के सोचेर बेकार पठाइरहन्छ
जसले मेरो हातबाट औंला काटेर लियो
उसैले मलाई कलम उपहार पठाइरहन्छ ।

मुक्तक – ४

हरकोहिको चित्त लुट्नसक्ने आवारा हो
मानौँ देख्न सकिने छुन नसकिने तारा हो
जब तिम्रो रुपको आतंक देखेँ सहरभरि
लाग्यो त्यो रुप पनि खुंखार ज्यानमारा हो

मुक्तक – ५

गर्छन् सधैँ आनाकानी जात पहिले सोध्छन्
देखाउँदै जङ्गली बानी जात पहिले सोध्छन्
सहरतिर पनि रैछ यो छुवाछुतको महामारी
घरबेटीले नामभन्दा नि जात पहिले सोध्छन् ।

कोहलपुर, बाँके ।

( चिन्तन नेपालका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   प्रतिफल (कविता) - भाष्कर रावल "प्रेमी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य