आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

एनआरएन अमेरिकाज क्षेत्रिय बैठकबाट आगामी बिज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय

५ फाल्गुन २०७६, सोमबार एनआरएन अमेरिकाज क्षेत्रिय बैठकबाट आगामी बिज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय

एनआरएन अमेरिकाज क्षेत्रिय बैठकबाट आगामी बिज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय भएको छ ।

क्षेत्रिय सम्योजक राजन त्रिपाठीको संयोजकत्वमा सम्पन्न बैठकमा उक्त निर्णय सर्बसहमतीबाट भएको हो । बैठकमा आइसिसि उपाध्यक्ष रबिना थापा, सचिब गौरिराज जोशी, क्षेत्रिय उप-संयोजक राम सी पोख्रेल्, क्षेत्रिय महिला संयोजक उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक बिमला सापकोटा, एनसिसि क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरे, महासचिब पिताम्बर भट्टराई, एनसिसी युएसएका अध्यक्ष सुनिल साह, महासचिब पशुपती पान्डे, आईसिसि सदस्यहरु प्रमोद सिटौला, होम गौतम, शंकर खड्का, तृष्णा शर्मा, शिबराज पौडेल, यमुना भट्टराई, हरी दाहाल, पुरुषोत्तम बोहोरा र गोपीकृष्ण काफ्लेको उपस्थित थियो ।

बिज्ञ सम्मेलन जहाँ भएपनि उपलब्धिमुलक हुनपर्ने उपाध्यक्ष रबिना थापाको जोड थियो, तेस्तै सचिब गौरिराज जोशिले भने सहमती र सहकार्य अनुसार नै अगाडी बड्नुको बिकल्प नभएको तर क्षेत्रिय संयोजकले सबै क्षेत्रलाई समेटेर अगि बड्नुपर्ने जोड थियो ।

एनसिसी युएसएको अध्यक्ष सुनिल साहले आफुलाई जहाँ गरेपनि केहि फरक नपर्ने तर तन, मन, धनले सहयोग गर्ने प्रतिबद्ता गरेका थिए ।

सहमती अपरिहार्य ठानी सबैलाई समेटेर अगाडी बढेका क्षेत्रिय संयोजक त्रिपाठी सबैको धन्यवादको पात्र बनेका थिए भने क्यानडाका उपस्थित सबैले यो निर्णय सकारात्मक भएको बताएका थिए ।

यो पनि पढ्नुहोस :   ‘पशुपतिको गीत जनताले मन पराएनन्’ : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य