शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

अमेरिकी साम्राज्यवाद -उत्तम गौली

९ फाल्गुन २०७६, शुक्रबार अमेरिकी साम्राज्यवाद  -उत्तम गौली

 

साम्राज्य भनेको सामान्यतया (निरङ्कुश) सम्राट को महत्वाकांक्षाबाट संचालित साशन-प्रणाली हो ।साम्राज्यवाद भन्नाले शक्ति र प्रभुत्वको विस्तार गर्ने राज्य नीति वा अभ्यास, हो। अलोकतन्त्रिक संरचना भएका देशहरुमा साम्राज्यवादका जरा भेटिन्छ्न। प्राचीन कालमा साम्राज्यवाद को उदय चीन र पश्चिमी एशिया बाट शुरु भयो। भूमध्यसागर क्षेत्रमा अश्शूरको अत्याचारी साम्राज्यलाई फारसीहरूले प्रतिस्थापन गरेपछि मानिसहरुलाई मानवीय व्यवहार गर्ने उदार खालको साम्राज्यवाद पनि आयो। उदार साम्रज्यको नमुनाको रुपमा ग्रीसको साम्राज्यवादको जन्म भयो। ग्रीक साम्राज्यवाद अलेक्ज्याण्डर द ग्रेट (३५६-३२३ ईसापूर्व) को अधीनमा पूर्वी भू-मध्यसागर-क्षेत्रमा पश्चिमी एशिया समेतलाई एकत्रित गरी चरम उत्कर्षमा पुग्यो। अलेक्ज्याण्डरले विश्वका सबै नागरिकहरू समानताका साथ मिलेर बस्ने एकल राज्यको परिकल्पना गरे। त्यस्तो एकल राज्य स्थापना गर्ने अलेक्ज्याण्डरको सपना पुरा त भएन तर पनि रोमनहरूले बेलायतबाट इजिप्टसम्म आफ्नो साम्राज्य निर्माण चाहिं गरे।

मानविय चेतनाको बिकास संगै मानव-सभ्यता अधि बढ्दै जांदा अहिलेको दुनियामा खुल्ला रुपमै म सम्राट हुं भन्ने कोहि पनि छैन। किनकि सबै शासक हरुले जनताको अभिमत आफुसंग रहेको देखाउन रुचाउंछन। हात्तीको देखाउने दांत भनेजस्तो भित्रभित्रै जनतालाई झुट, दमन, र त्रासमा शासन गर्ने शासक हरुले पनि प्रजातन्त्रको देखाउने दांत लगाएका हुन्छ्न। उदाहरणका लागि यो संसारकै सबैभन्दा अलोकतन्त्रिक देश उत्तर कोरियाले पनि आफ्नो देशको आधिकारिक नाम नै “डेमोक्राटिक पीपल्स रिपव्लिक अफ कोरिया (DPRK)” राखेको छ।

साम्राज्यवादी शासकहरुले आफ्ना प्रतिद्वन्दिहरुलाई सफाया गर्ने र आफु संधै शक्तिकेन्द्रमा रहिरहने मेसो मिलाएका हुन्छन। हालसालैका उदाहरणहरु हेर्ने हो भने रुसमा पुटिनले, चीनमा सी जिन्पिङ्ले, भेनेजुएलामा मादुरोले, उत्तर कोरियामा किम जुन उङ्ले, सिरियामा बसर-अल-असद्ले, र साउदि अरेबियामा बिन सलमानले यस्तो व्यवस्था मिलाएका छन। यी मध्ये केहिले देखावटि रुपमा चुनाब पनि गराएर आफैले अत्यधिक मत ल्याएको घोषणा गर्ने गरेका छन।

यो पनि पढ्नुहोस :   ओलीलाई काँग्रेसको प्रश्न : 'संविधान संशोधन गर्नु राष्ट्रघात कि जनमत संग्रहको सम्झौता ?'

साम्राज्यवाद को अभ्यास दुई किसिमले हुने गरेको छ। विशेष गरी प्रत्यक्ष क्षेत्रीय अधिग्रहण मार्फत वा राजनीतिक र आर्थिक नियन्त्रण प्राप्त गरेर ।चाहे सैन्य वा आर्थिक वा केही अरु सूक्ष्म रूप, जुनसुकै रुपमा पनि साम्राज्यवादलाई अक्सर नैतिक रूपमा निन्दनीय मानिएको छ। अमेरिकि जनता हरुले सम्राज्यवादका विरुद्ध लडेर आफ्नो देश स्वतन्त्र बनाएका हुनाले साम्राज्यवादको समर्थन गर्दैनन। तर यो शब्द प्रायः अन्तर्राष्ट्रिय प्रचारमा विपक्षीको विदेश नीतिलाई निन्दा गर्ने र बदनाम गर्नमा प्रयोग गरिएको छ। हालका दिनहरुमा तानाशाह हरुले प्रजातान्त्रिक शक्तिहरुलाई कमजोर बनाउनको लागि सोसल मीडियाको प्रयोग गरी मानिसहरुलाई दिग्भ्रमित गराउने निन्दनीय काम गरेका छन। यसबाट हामीहरु चनाखो हुन जरुरी छ।

साम्राज्यवादका केहि पछिल्लो समयका आक्रामक उदाहरणहरु यस्ता रहेका छन। १९९१ मा इराकका सद्दाम हुसेनले कुवेतमाथि हमला गरे (तर कुवेतले अमेरिकाको गुहार मागेपछि भएको गल्फ-वारमा इराक पराजित भएको थियो)। रुसले ५ बर्ष अघिमात्रै क्रिमियालाई आफ्नो भुभागमा मिलायो। युक्रेनलाई पनि रुसले निल्ने योजना बनाउंदै छ, तर युक्रेनले अमेरिकाको सहारा लिन खोज्दैछ। अमेरिकाका जनताहरु प्रजातन्त्रका पक्षपाति छन, तर अरु देशमा हस्तक्षेप गर्ने काम न्युन गर्दै जाने नीति लिएकाछन। तर चीनले हालसालै दक्षिण चीन सागर (साउथ-चाइना सी) का व्यापरिक मार्गहरुमा अवरोध सिर्जना गरेको छ।

वाशिंगटनले दक्षिण चीन सागरमा दाबी गरेको छैन, तर बेइजिङ्ले जलमार्गलाई सैन्यीकरण गरेको र अवैधानिक क्षेत्रीय दावी गरेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम जलमार्गलाई “स्वतन्त्र र खुला” रहन जरुरी छ, र अमेरिकाको इण्डो-प्यासिफिक नीतिले पनि उक्त व्यापरिक मार्गलाई एकलौटि रुपमा चीनले मात्रै उपभोग गर्ने होइन, बरु, जपान, फिलिपिन्स, भिएतनाम, इन्डोनेशिया, लगाएतका सबै राष्ट्रहरुले खुल्ला रुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भन्दै आएको छ।

अन्तर्राष्ट्रिय संस्थाहरू अन्तर्गत शान्तिपूर्ण तरिकाले राष्ट्रहरूको वैधानिक आकांक्षालाई पूरा गर्ने र उनीहरूको अवैधानिक दाविहरुलाई निरुत्साहित गर्ने प्रयास गरिएको छ। त्यसैकारण सो समुद्रि मार्गलाई पनि चीनले मात्रै एकलौटि उपभोग गर्ने होइन, बरु जपान, फिलिपिन्स, भिएतनाम, इन्डोनेशिया, लगाएतका सबै राष्ट्रहरुले खुल्ला रुपमा व्यापार गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्छ भनिदै आएको हो। अब खुला अर्थव्यवस्था मा रहने वा चीनको एकलौटी बजारमा समाहित हुने भन्ने कुरा यी बिभिन्न देशहरुको समेत सामुहिक नीतिगत सहमतिमा निर्भर गर्नेछ।

यो पनि पढ्नुहोस :   फर्क दाई फर्क गीतको प्रशंशा गर्दै नेता विश्वप्रकाश र गोकर्ण विष्ट

चीनमा निर्भर रहेको उत्तर कोरियामा आर्थिक विकासको कुनै लक्षण नदेखिएकोले यो क्षेत्रका सवै जसो देशहरु ले स्वतन्त्र र खुल्ला प्रशान्त-क्षेत्रको पक्षमा उभिने संकेत देखाएका छन। तर आफ्नो एक्लौटि गर्ने आकांक्षा पूरा गर्ने प्रयास स्वरुप चीनका शासकले अमेरिकालाई साम्राज्यवादी भनेर आरोप लगाउने विकल्प भने खुल्ला नै छ।

बाल्टिमोर, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य