शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

अंग्रेजी माध्यममा नै पढ्नु पर्ने कारण -शान्ति अर्याल अधिकारी

९ फाल्गुन २०७६, शुक्रबार अंग्रेजी माध्यममा नै पढ्नु पर्ने कारण -शान्ति अर्याल अधिकारी

 

पछिल्लो समय नेपालको ग्रामिण क्षेत्रका धैरै विद्यालयहरू हराउदै गईरहेका छन । भएका विद्यालयहरूमा पनि विद्यार्थी संख्या अत्यन्त न्यून रहेको पाईन्छ । जनताको श्रमदान र सरकारको लगानीमा बनेका भबनहरू भबनकै रूपमा मात्र परिणत भएका छन । कारण पछिल्लो समय जन्मदर घट्नु , गाउमा भएका युवाहरू बिदेश पलायन हुनु, सुख सुबिधा रोजगार व्यापार ब्यबसाय अादिको बहानामा गाउँ छोडी शहर ताक्नु र गाउमा भएका सरकारी विद्यालयहरूमा उचित शिक्षा नपाउनु नै हो ।

अाजको मान्छे धेरै सन्तान जन्माउनु भन्दा थोरै जन्माउने र उसैलाई उचित शिक्षा प्रदान गर्ने सोच राखेको हुन्छ । यसर्थ अाफु दुख गरेर भए पनि अाफ्ना सन्ततिलाई चाहे अनुरूपको शिक्षा दिने सोचले दुख गर्न तयार हुन्छ। अाफु दुख गरि गरि पनि अाफ्ना सन्तानलाई चर्को शुल्क तिरेर निजि बिधालयमा भर्ना गर्न बाध्य भएका छन । देशका अधिकांश युवा खाडीमा पसिना बगाउछन तर तिनैका बालबच्चा महङ्गो शुल्कमा बोडिङ पढिरहेका छन । यसको अर्थ यो होईन कि उनीहरूसग पैसा धेरै भएर, गाउँ बस्न मन नपरेर वा अन्य कुनै, उ अाफ्नो सन्तानलाई समय अनुसारको शिक्षा दिन चाहन्छ । अाजको समयमा अग्रेजी माध्यमको पठनपाठन र कम्प्युटर शिक्षा अपरिहार्य जस्तै भैसकेको छ ।

यसो भन्दै गर्दा नेपाली भाषालाई पछाडी पार्न खोजिएको होईन । हो ! अाफ्नो मातृभाषा हरेकलाई प्यारो लाग्छ । हरेकलाई चाहिन्छ । हरेक देशहरूमा अा-अाफ्नै किसिमका मातृभाषाहरू छन । तर बिकल्पको रूपमा रोज्नै पर्ने भाषा बनेको छ -अग्रेजी । कुनै पनि यस्तो मुलुक छैन कि जहाँ अग्रेजी नहोस । विश्वका हरेक देशहरूमा चल्ने अग्रेजी भाषा सिकाउन सके अाफ्नो बच्चा जुनसुकै मुलुकमा पुगेर पनि बाच्न सक्छ भन्ने अाजको अभिभाबकले बुझेको छ | खाडीमा पसिना बगाउदै गरेको एक श्रमजिविले अाफुसग पैसा प्रसस्त भएर बोडिङमा फि तिरेको पक्कै होईन । उसले बुझेको छ भाषाको पीडा कमिनिकेशन भन्ने नै नहुदा भोग्न परेको पीडा र उचित शिक्षा को अभाबमा अाफुले भोग्न परेको समस्या यसैले अाफु ले गरे जस्तो दुख सन्तानलाई नहोस भन्ने हेतुले गाउबाट शहर मा डेरा खोजि खोजि बोडिङ पढाउनु पर्ने बाध्यता छ ।

यो पनि पढ्नुहोस :   पाउने बालुवाटारको दले, पठाउने बालुवाटारमा ढले -सागर घिमिरे

नेपालकै सन्दर्भमा पनि नेपाली माध्यमबाट SEE गरेका बालबालिकाहरू उच्च शिक्षाको लागि जटिल बिषय रोज्न चहान्न किनकि त्यहानेर उसलाई भाषाकै प्रभाब परेको देखिन्छ । गाउकै सामुदायिक बिधालयहरूमा चाहे अनुरूपको शिक्षा लिन पाउने ब्यबस्था भैदिए सायद यो समस्या कम हुने थियो कि ? देखिन्छ जब शैक्षिक सत्र को शुरूवात हुन्छ बिधालयहरू भर्ना अभियान भन्दै घर घरमा बिधार्थी खोज्न पुगेका हुन्छन । तर परिणाम हाता लाग्यो शून्य जस्तै हुन्छ किनकि अाजको समय बोलेर मात्र होईन गरेर देखाउनु पर्ने भैसकेको छ ।

अब त विद्यार्थी खोज्दै घरमा पुग्नुभन्दा विद्यार्थीहरु विद्यालय मै अाउन सक्नेगरि अभिभाबक र विद्यार्थीको मन जित्ने किसिमको शिक्षा प्रदान गर्नु पर्ने देखिन्छ । शहरका विभिन्न ठाउहरूमा नाम चलेकै सरकारी विद्यालयहरू छन विद्यार्थी संङ्ख्या अत्याधिक देखिन्छ तर सोचेअनुरूपको नतिजा दिन सफल भएका छन । ग्रामिण क्षेत्रका विद्यालयमा जति विद्यार्थी संङ्ख्या कम भयो नतिजा पनि त्यति नै कमजोर हुदै गईरहेको छ किन ? समय अनुसारको अावश्यकतालाई मध्यनजर गर्दै यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने देखिन्छ ।

हाल जिल्लामा रहेको जिल्ला शिक्षा ईकाई समिति , स्थानिय तहमा रहेका शिक्षा उप समिति, विद्यालयहरूमा गठित बिब्यस, शिअस विद्यालय प्रशासन कसैले पनि त्यस तर्फ खासै चासो दिएको देखिदैन । सम्बन्धित निकायहरूको प्रयासमा सबै सामुदायिक विद्यालयहरूमा दिगो र भरपर्दो तरिकाले अग्रेजी माध्यमको पठनपाठनमा जोड दिई अाफ्नो क्षेत्रका बालबालिकाहरू अग्रेजी पढ्नकै निम्ति गाउँ छोड्ने परिपाटी रोक्न सके उचित हुने थियो कि ?

बगनासकाली गाउपालिका वार्ड न ४ खानिछाप, पाल्पा

हाल: लिस्वन, पोर्चुगल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य