शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

भब्य तयारीमा रहेको पोर्चुगलका बिभिन्न नेपाली कार्यक्रम स्थगित

२३ फाल्गुन २०७६, शुक्रबार भब्य तयारीमा रहेको पोर्चुगलका बिभिन्न नेपाली कार्यक्रम स्थगित

शान्ति अधिकारी,
लिस्बन, पोर्चुगल

नेपाली महिला समाज पोर्चुगलले ११० अौ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम स्थगित गरेको छ।

पोर्चुगलमा बिगत १ बर्ष देखि महिलाहरू को क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेपाली महिला समाजले मार्च ८ लाई भब्य रुपमा मनाउने तयारी गरीरहेको बेला बिश्वभर फैलिएको कोरोना भाईरसको त्रास र बिगबिगी कै कारण कार्यक्रम स्थगित गर्नु परेको हो । अकस्मात चिनबाट शुरु भएको कोरोना भाईरसले यतिबेला बिश्वभर अातंक फैलाईरहेको छ ।

यूरोपका विभिन्न देशहरुमा भाईरसका बिरामि देखिए लगत्तै पोर्चुगल पनि अछुतो रहन सकेन । पोर्चुगलका विभिन्न शहरहरूमा दिनप्रतिदिन संक्रमितको संङ्या बढ्दै गएपछि अाप्रबासी नेपालीहरुको साझा संस्था NRNAले पनि शुक्रबार बिहान एक बिज्ञप्ती जारी गर्दै साबधानी अपनाउन र कुनै पनि कार्यक्रमहरु नगर्न सम्पूर्ण संघ संस्था तथा जनसमुदायलाई अावहान गरेको थियो ।

NRNA को बिज्ञप्ती र सम्पूर्ण नेपालीनागरिक तथा अन्य नागरीकहरूको समेत स्वास्थ्यलाई मध्यनजर गर्दै महिला समाजले भब्य तयारीको अन्तिम चरणमा रहेको अाफ्नो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार दिउँसो अाकस्मिक बसेको समितिको बैठकले निर्णय गरे पश्चात् संस्थाकी अध्यक्ष निर्मला ढकालले एक सुचना जारी गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी गराउनु भएको हो।

संस्थाले अाफ्नो स्थापना बर्षको पहिलो साधारण सभा पनि सोही दिन गर्ने निर्णय गर्नुका साथै हिन्दु नेपालीहरूको रंगीन पर्व होली पनि मनाउने योजनाका साथ कार्यक्रम तय गरेको थियो ।

अाफ्नो जन्मभुमी र अाफन्तबाट टाढा रही बढी भन्दा बढी समय ब्यस्ततामा मै खर्चिने नेपाली महिलाहरू लाई भेला गरि केही समय भए पनि मन‍ोरन्जन प्रदान गर्ने संस्थाको उद्देश्य यसपटक पूरा हुन सकेन । जब हामी स्वस्थ रहन्छौ तब मात्र हरेक कुरा सम्भब छ भन्ने मान्यताका साथ स्थिति सामान्य नहुन्जेल सम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको महासचिव शरिता शर्माले बताउनु भयो । त्यस्तै गरि नेपाली महिलाहरू कै अर्को क्रियाशिल संस्था नेपाली नारी समाजले पनि अाफ्ना सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको सुचना जारि गरेको छ ।

यो पनि पढ्नुहोस :   स्याङ्जा दर्जनाैँ गायक जन्माउने लोक-संगीतको ‘उर्वर भूमि’

 

नेपाली महिला समाज पोर्चुगलले जारि गरेको सुचना

सूचना सूचना सूचना

बिषय:कार्यक्रम स्थगित गरिएको बारे।

पोर्चुगल बासी सम्पूर्ण आदरणीय बुवाआमा ,दाजुभाई ,दिदिबैनी तथा बिभिन्न राजनीतिक दलका भातृ सघ-संगठनका अध्यक्ष ,बिभिन्न जातिय तथा क्षेत्रिय सङ्सस्थाका अध्यक्ष पत्रकार ,कलाकार, समाजसेबी ,ब्याबसायी ,नागरिकसमाज ,शुभचिन्तक तथा अन्य सम्पुर्ण माहानुभाबहरुमा हार्दिक नमस्कार तथा न्यानो आभिबादन!
नेपाली महिला समाज पोर्चुगल स्थापनाको छोटो समयमा नै पोर्चुगल बासी तपाईं सम्पूर्ण प्रबासी नेपालीहरु बिच सुमधुर सम्बन्ध राख्दै बेलामौकामा हुने बिभिन्न सामाजिक कार्यहरुमा सकृय रहदै आईरहेको कुरा त यहाँहरु समक्ष अवगत नै छ ।स्थापनाको पहिलो बर्ष पुरा गरेको र पद्दति अनुसार साधारण सभा गर्नु पर्ने भएको हुँदा आउदो अाइतबार मार्च ८ तारिख का दिन यस बर्षको ११० औ अन्तराष्ट्रिय महिला दिवस पनि भएको हुँदा सोही दिन यि दुबै कार्यक्रमलाई एउटै मन्च बाट भब्य रुपमा सम्पन्न गर्ने पूर्व जानकारी गराइएको नै थियो। त्यसै अनुरुप आज शुक्रबार कार्यक्रमको अन्तिम तयारीका बारेमा छलफल गर्न बसेको कार्यसमितिको बैठकमा बिगत केही समय देखी आएको नयाँ भाईरस कोरोना कोभिडको कारण विश्वभरीका जन स्वास्थ्यमा प्रत्यछ रुपमा प्रभाब पारीरहेको समाचारले हाम्रो ध्यान केन्द्रित गरायो ।
चीन हुदै यूरोप र विश्वको अन्य देशहरुमा महामारीको रुपमा फैलिदै गरेको उक्त सरुवा भाईरसको आक्रमणबाट हज्जारौको ज्यान गैसकेको र सयौको संख्यामा भाईरस भेटिएको अनी उत्तिकै संख्यामा फैलिने क्रम बढीरहेको समाचार संचार माध्यममा अाइरहेको छ।
बिश्वका थुप्रै देश हरुमा सरकारी तबर बाट नै सार्वजनिक सुचना जारी गरी उच्च सतर्कता अपनाउन निर्देश जारी गरीसकेको छ। कैयौ सार्वजनिक स्थान, बिधालय ,कल कारखाना बन्द गरिसकेको अवस्था छ।भाईरसको जिवाणु भेटिएको बिरामीहरुलाई परिवार बाट टाढा सुरक्षित ठाउँमा (क्वेरन्टाइनमा )राखिएको सुनिएको छ भने कतीपय बिरामी सन्चो भएर घर फर्काइएको पनि सुन्नमा आएको छ ।
हिजो अस्ती मात्र पनी हाम्रो देश नेपालमा नेपाल सरकारको सम्बन्धित मन्त्रालयले सतर्क रहन सुचना जारी गरिसकेको अवस्था छ साथै भ्रमण नेपाल २०२० लाई स्थगित गरिने सुचना आएको छ ।(यद्यपि नेपालमा अहिले सम्म उक्त भाईरस भेटिएको भने छैन )।
यसरी ससार भरी नै त्रासदी पूर्ण बाताबरण उत्त्पन्न भैरहेको समयमा एउटा जिम्मेवार सस्था/ नागरिकको हैसियतले बिध्यमान परिस्थितीलाई मध्यनजर गर्दै तोकिएको सबै कार्यक्रम अर्को सुचना नआउन्जेलका लागि स्थगित गरिएको जानकारी यसै सुचना मार्फत गराउन चाहन्छौ र साथ साथै यस बाट पर्न गएको असर प्रती क्षमा प्राथी छौ र केही समयका लागि यस्ता खाले कुनै पनी सार्वजनिक सभा समारोहमा सहभागि नहुन र आयोजना नगर्न तथा सके सम्म भिडभाडमा नजान,आफु र अरुको स्वास्थ्य प्रति सचेत भई सतर्कता अपनाउन र रुघा ,खोकी , ज्वरो आएको अवस्थामा अघि पछि भन्दा सचेत भई तुरुन्त स्वास्थ्य परीक्षण गराउनु हुनका लागि पनि बिनम्र अनुरोध गर्दछौ ।
साथै उक्त कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पार्नको लागि हजुरहरुले बिभिन्न क्षेत्रमा गर्नुभएको सहयोग र दिनुभएको सुझाब सल्लाह हाम्रो लागि अतिनै सर्हानिय र महत्वपूर्ण रहेको छ र रहिरहने छ भन्ने बिश्वास पनि लिएका
छौ। हामी तपाईं सम्पूर्णको यो साथ सहयोगलाई अनन्त काल सम्म सम्झिरहने बाचा पनि गर्दछौ ।
धन्यवाद

यो पनि पढ्नुहोस :   जापानमा दिवंगत यदुप्रसाद भट्टप्रति श्रद्धान्जली सभा सम्पन्न, शव नेपाल लैजाने तयारी

अध्यक्ष
निर्मला ढकाल खराल

महासचिव
सरिता शर्मा नेपाली महिला समाज पोर्चुगल।

 

त्यस्तैगरि विभिन्न संघ संस्थाहरूले पनि तय गरेका कार्यक्रमहरु स्थगित गरिरहेका छन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य