आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

एनआरएनए एनसीसी अमेरिकाका सबै भौतिक सभा तथा सम्मेलनहरू स्थगित

२४ फाल्गुन २०७६, शनिबार एनआरएनए एनसीसी अमेरिकाका सबै भौतिक सभा तथा सम्मेलनहरू स्थगित

एनआरएनए एनसीसी अमेरिकाका सबै भौतिक सभा तथा सम्मेलनहरू स्थगित

एनआरएनए एनसीसी अमेरिकाले सबै भौतिक सभा तथा सम्मेलनहरू स्थगित गरेको जानकारी दिएको छ । महासचिव पशुपति पाण्डेले एक सूचना जारी गर्दै उक्त जानकारी दिनु भएको हो ।
महासचिव पाण्डेद्वारा जारी बिज्ञप्ति

मितिः मार्च ५, २०२०

विज्ञप्ति

सम्पुर्ण एनआरएनए अभियन्ताहरुमा नमस्कार !

गैर आवासीय नेपाली संघ अमेरिका आम गैर आवासीय नेपालीहरूको भावनालाई समेट्दै विभिन्न बिभाग, च्याप्टर तथा टास्कफोर्सहरू मार्फत बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको ब्यहोरा यहांहरूलाई अबगत नै छ । हामीले छ महिना लगाएर विभिन्न क्षेत्रका बिज्ञ, अग्रज र संस्थाका शुभचिन्तकहरु संग बृहत छलफल गर्दै कार्य-योजना तर्जुमा गरि; १८ महिने आफ्ना कार्ययोजनाहरु कार्यावयन को चरणमा अगाडी बढिरहेको ब्यहोरा यहाँहरु समक्ष जानकारी गराउंदछौं । यसै क्रममा हामीले हाम्रा युबाहरुको मन-मष्तिस्कमा संस्था प्रति सकारात्मक सोचको पैदा गरि युवा हरुलाई संस्थामा सक्रिय सहभागिता गराउने उद्दश्यले हालै मात्र टेक्सासको डल्लासमा युवा सम्मेलन सफलता पुर्बक सम्पन्न गरि सकेका छौं भने हाम्रा विभिन्न च्याप्टरहरुले; नेपाल र नेपाली संग सम्बन्धित एवं सार्वजनिक चासो र महत्वका विभिन्न बिषयहरु: सेन्सस २०२०, भिजिट नेपाल २०२० लगायतका बिषयहरुमा यस अघि नै थुप्रै कार्यक्रमहरु सम्पन्न गरिसकेको पनि यहाँहरुमा सहर्ष जानकारी गराउंदछौं । हामीले पूर्व घोषित र घोषणा हुन बाँकी थुप्रै कार्यहरुलाई अगाडि बढाउदै गर्दा परिस्थितिले हामीलाई धोका दिएको छ। हाल कोरोना भाइरसको कारण सारा विश्व नै आतंकित भइ रहेको अबस्थामा हाम्रा कार्यक्रमहरु पनि स्थगित गर्न हामी बाध्य भएका छौं ।

कोरोना भाइरसको सङ्क्रमण ब्यापक रुपमा फैलिंदै गएको र सोबाट विश्वमै असर परिरहेको यथार्थ संग हामी सबै जानकार नै छौं । यस संवेदनशील अवस्थामा कुनै पनि सभा सम्मेलन गर्न सान्दर्भिक नहुने ठहर एनसिसि बोर्डले गरेको छ । यस बिकट परिस्थितिमा प्रवासमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै मार्च आठमा बोस्टनमा हुन गइरहेको अन्तर्राष्ट्रिय महिला दिवस र मार्च नौमा न्यु जर्सीमा सम्पन्न हुन गइरहेको अन्तर्क्रिया कार्यक्रम स्थगित गरिएको जानकरी गराउंदछौं । साथै कोरोना भाइरसको सङ्क्रमणको अवस्था सामान्य नरहे सम्म वा अमेरिकी सरकारले यस महामारी संक्रमण सम्बधमा सामान्य रहेको घोषण नगर्दासम्म एनआरएनए एनसीसी अमेरिकाका सबै निकायले भौतिक सभा तथा सम्मेलनहरू स्थगित गर्नु हुन अनुरोध गर्दछौं ।

यो पनि पढ्नुहोस :   नेप्लिज डायस्पोरालाई एनआरएन सल्लाहकार अर्यालको शुभकामना

आम नेपाली समुदायको स्वास्थ्य प्रति हामी संवेदनशील छौँ । यस महामारी सङ्क्रमणबाट बँच्न स्वास्थ्य संस्थाहरूले दिएको सूचना पालना गर्दै सचेत र साबधान रहन हामी यहॉहरु सबैलाई हार्दिक अनुरोध गर्दछौँ ।

भवदीय,

पशुपति पान्डे
महासचिव
गैर आवासीय नेपाली सङ्घ, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य