आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

कांग्रेस केन्द्रिय सदस्य इश्वरी न्यौपानेलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान

२७ फाल्गुन २०७६, मंगलवार कांग्रेस केन्द्रिय सदस्य इश्वरी न्यौपानेलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान

नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाकी पुर्ब प्रमुख सचेतक इश्वरी न्यौपानेको सम्मानमा अमेरिकाको मेरिल्याण्ड राज्यमा एक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरको आयोजनामा भएको सम्मान सभामा बोल्नु हुदै नेता न्यौपानेले प्रवासका नेपालीहरुले नेपालप्रति देखाएको माया र पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी नेपाली कांग्रेस प्रवासका नेपाली र आफ्ना कार्यकर्ताको सम्मानमा र उनिहरुको हकहीतमा सधै सचेत रहेको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुदै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सल्लाहकारहरु उमा शाह र आनन्द घिमिरेले जनसम्पर्क समिति अमेरिकाले गरेका गतिबिधिहरु र नेपाली कांग्रेसले जनसम्पर्क समितिप्रति गर्नु पर्ने ब्यबहारका बारेमा बिस्तृतमा भनाईहरु राख्नुभएको थियो ।

 

कार्यक्रममा बोल्नु हुदै एनआरएका आईसिसि सदस्य जेदु पोखरेलले जनसम्पर्क समितिको विश्वब्यापी संजाल र यसको शक्तिलाई नेपाली कांग्रेसले बुझ्न नसकेको विचार ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनसम्पर्क अमेरिकाका संस्थापक समितिका प्रबक्ता तरुण पौडेल, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरे, उपध्यक्ष राजु पराजुली, जनसम्पर्क समिति मेरिल्याण्डका सक्रिय सदस्य केशव शर्मा लगायतको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको कार्यक्रम महासचिव नेत्र केसीले संचालन गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा सभाति सेन्चुरीले नेता न्यौपानेलाई खादा लगाएर स्वागत र सम्मान गर्नुभएको थियो ।कार्यक्रम बाल्टिमोरको बम्बे नाईट्स रेष्टुरेन्टमा भएको थियो ।

 

 

 

 

 

यो पनि पढ्नुहोस :   न्युयोर्कको टाईम स्क्वायरमा नेपाल भ्रमण बर्ष २०२० -मोहन खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य