Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

कतारका लागि श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द

कतारका लागि श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द

नेप्लिज डायस्पोरा

२७, फाल्गुण २०७६
images
  काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि बन्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।   ‘कतारले नै नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ, त्यसैले आजदेखि पुन : र नयाँ श्रम स्वीकृति दुवै हुँदैन,’ प्रमुख बस्नेतले भन्नुभयो । यस्तै, नेपालमा रहेको कतार भिसा सेन्टरको पनि आज मंगलबारदेखि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द भएको सेन्टरका प्रबन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । भिसा सेन्टरले रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक, स्वास्थ्य परीक्षण, औँठा छाप लिने र करारपत्रमा हस्ताक्षर लगायतको काम गर्छ । ‘नयाँ जान चाहनेका लागि सबै प्रक्रिया अहिलेलाई रोक्नू भन्ने निर्देशन कतार सरकारकै भएकाले आजबाट सेवा बन्द भएको छ, तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको छ,’ सेन्टरका प्रबन्धक क्षेत्रीले भन्नुभयो । घर बिदामा आएर फर्किन नपाउनेहरुले आफ्नो रोजगारदातासँग छलफल गर्न सक्ने सेन्टरका प्रबन्धक क्षेत्रीले बताउनुभयो । उनीहरुको सम्बन्धमा पछि मात्रै निर्णय हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्व स्वास्थ्य संगठनले जोखिमको सूचीमा राखेको छ । रोकियो उडान कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएसँगै नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान रोकेको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी कतारमा निर्धारित सबै उडान अर्को सूचना जारी नभएसम्मका लागि रद्द भएको हो । ९ मार्चपछि काटिएका सबै टिकट फिर्ता गर्न सकिने वा निःशुल्क मिति परिवर्तन गर्नसक्ने सुविधा दिइएको एअरलाइन्सले जनाएको छ । यस्तै, कतार एअरवेजले भने ट्रान्जिट र कतारबाट फर्किनेका लागि उडान भर्ने भएको छ । तर ट्रान्जिटका रुपमा कतारको विमानस्थलमा ओर्लन भने पाइने छैन । एयरवेजले दोहामा पूर्वनिर्धारित टिकटहरु निःशुल्क फिर्ता वा मिति परिवर्तन गर्न सकिने जनाएको छ । साथै, नेपाल एयरलाइन्सले पनि कतारका लागि अस्थायी रुपमा उडान राेकेकाे जनाएकाे छ ।   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
images
प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - १७:४३:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend