शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

अमेरिका न्यूयोर्कमा छिरीङ तोपग्यालको नेतृत्वमा वालुङ कम्युनिटीको लोसार

२९ फाल्गुन २०७६, बिहीबार अमेरिका न्यूयोर्कमा छिरीङ तोपग्यालको नेतृत्वमा वालुङ कम्युनिटीको लोसार

टोमा लामा, न्यूयोर्कः

अमेरिका न्यूयोर्कमा फेब्रुरी २९, २०२० मा छिरीङ तोपग्यालको नेतृत्वमा वालुङ कम्युनिटीको लोसार कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वालुङ कम्युनिटीका अध्यक्ष छिरीङ तोपग्याले टिबेट र नेपालको सिमानामा बसोबास गर्ने वालुङ समुदाय भएको दर्शाउनुभयो । जुन ठाउँ ताप्लेजुङ जिल्ला वालुङ गाउँपालिकामा पर्छ भन्नुभयो । त्यसै गरी वालुङमा एउटा ऐतिहासिक गुम्बा डिकी छ्योलिङ भएको जुन गुम्बा नेपालकै दोस्रो गुम्बाकोरुपमा चिरपरिचित भएको जानकारी गराउनु भयो । जुन डिकी छ्योलिङ गुम्बामा वर्षमा ४ पटक विभिन्न साँस्कृतिक झल्कालउने कार्यक्रम हुन्छ । जसमा पुजापाठ पनि गर्ने चलन छ । जसमध्ये फुटुक चाहि विशेष रुपमा मनाईने चलन छ । जुन समयमा गाउँलेको मात्र नभई देशभरी र विदेशबाट पनि ठूलो संख्यामा उपस्थित् हुन्छ । जसमा भक्तजन र एउटा रमाइलो चाडकोरुपमा पनि विशेष भेला जुन ठाउँमा भव्य रुपमा हुने गर्दछ । यो एउटा विशेष कार्यक्रम भएकोले गर्दा लामाहरुले छाम नाच प्रस्तुत् गर्ने चलन छ । र गाउँलेहरु पनि भेला भएर आफ्नो नृत्यहरु देखाउने चलन छ । जुन कार्यक्रम तीन दिनसम्म चलिरहन्छ । जुन ३ दिनमा देश विदेशबाट आउने र गाउँमा भएका सबै एकै ठाउँमा विभिन तरिकाबाट रमाईलो गर्ने र आफ्नो चाड मनाउने र संस्कृति झल्काउने गरिन्छ भन्नुभयो ।

वालुङ कम्युनिटी यू.एस.ए ले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रष्टी बोर्ड तयार भएको र जुन बोर्डले तिव्ररुपमा आर्थिक संकलन गर्न अघि बढेको दर्शाउनु भयो । अब चाँडै ट्रष्टी बोर्डको साथमा वर्तमान कार्यसमिति घरदैलो कार्यक्रम गरेर जति सक्दो चाँडो धेरै भन्दा धेरै आर्थिक सहयोग संकलन गरी अमेरिकामा गुम्बा स्थापना गर्नको लागि पर्ने प्रतिबद्धता अध्यक्ष छिरिङ तोपग्यालले गर्नु भयो ।

विदेशको बसाई भएकोले गर्दा आफ्नो भाषा, धर्म र संस्कार संस्कृति आउने भावि पिडीले भुल्दै गएको कारणले गर्दा जति सक्दो चाँडो बच्चाहरुको लागि क्लास सञ्चालन गर्ने अध्यक्ष छिरिङ तोपग्यालले कार्यक्रममा प्रतिबद्धता जाहेर गर्नु भयो । र नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रुपमा मनाउने प्रष्ट पार्नु भयो ।

यो पनि पढ्नुहोस :   सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरी बढी प्रभावित

कार्यक्रमका प्रमुख अतिथि नेपाली कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गर्नुभयो । हालै कोरोना भाईरस कारण समस्या बढ्दै गएकोमा सबैलाई सचेत हुन पनि आग्रह गर्नुभयो । visit Nepal-2020 बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत रहेको र खाली समय परिस्थिति बस पछि हुने भएकोले सबैले सम्भव भए र सकेको सहयोग गर्नको लागि अपिल गर्नृको लागि अपिल गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले लोसार कार्यक्रम नयाँ सालको आगमनमा हुने भएको र यस कार्यक्रममा सबैको भाईचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध एक भएर हामी नेपाली अगाडि बढ्ने अवसर भएको र विदेशमा भए पनि हाम्रो पहिचान विविधतामा एकताको सन्देश जाने अवसर मिलेको भन्दै आउने नेपाल महोत्सव हामी सबै नेपाली समुदाय एक भएर सफल पार्नमा सहयोगको लागि आव्हान गर्नुभयो । कार्यक्रममा संस्थाको सक्रिय सदस्य लाक्पा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने, संस्थाको सचिव डन्डु शेर्पाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको विचमा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य