Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

'कोरोना महामारी र आर्थिक चपेटा'का बिषयमा फेसबुक लाईभ कार्यक्रम हुदै

'कोरोना महामारी र आर्थिक चपेटा'का बिषयमा फेसबुक लाईभ कार्यक्रम हुदै

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
एनआरएनए अमेरिकाको युथ कमिटि र स्टुडेन्ट कमिटिले कोरोना भाईरसका कारण हाम्रो जीवनमा आउन सक्ने आर्थिक उतारचढावका बारेमा चेतना दिने उद्देश्यले एक फेसबुक लाईभ गर्ने भएको छ । "Pandemics and Economics: An in-depth analytical session on financial impact on YOUTHS & STUDENTS" नाम दिईएको यो कार्यक्रम फेसबुकबाट आगामी आईतबार लाईभ प्रसारण हुने जानकारी स्टुडेन्ट टास्कफोर्सका संयोजक त्रिभुवन पाण्डेले नेप्लिज डायस्पोरालाई बताए । कोरोना भाईरसको महामारी के हो ? यसले समग्रमा पार्ने आर्थिक समस्या केके हुनसक्छ ? यसले बिद्यार्थी र युवाहरुको जीवनमा कसरी असर गर्छ र यी सबै समस्याहरुबाट बच्न शुरुबाट नै के उपाय अबलम्बन गर्न सकिन्छ भनेर भिडियो लाईभमा स्पष्ट जानकारी दिनेगरी कार्यक्रमको संरचना तयार गरिएको छ । युनिभर्सिटी अफ न्यु मेक्सिकोका फिनान्स बिषयका एशोसिएट प्रोफेसर राईली व्हाइटले सबै जिज्ञासाका उत्तर दिनुहुनेछ । अमेरिकाको २००८/०९ आर्थिक मन्दीलाई नजिकबाट नियालेर बिभिन्न विश्लेषण गर्दै गहन विचार दिने प्रोफेसर राईलीलाई अमेरिकाको सरकारी र बौद्धिक क्षेत्रमा एक कुशल प्रोफेसरका रुपमा लिईन्छ । उनले नेपाली समुदायमा विगतदेखि नै बिभिन्न सहयोग गर्दै आईरहेका छन् । एनआरएनए अमेरिकाको फेसबुक पेजबाट आउने लाईभलाई अमेरिकाका बिभिन्न अन्लाईनबाट पनि लाईभ प्रसारण गरिने तयारी भईरहेको जानकारी आयोजकले दिएको छ । भिडियो कन्फरेन्सका क्रममा सहभागीका केहि सवालहरुको जवाफ दिईने बताउदै आयोजक समितिले अमेरिकामा रहेका सबै नेपालीलाई यो कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ । सूचना यसप्रकार छ: "Pandemics and Economics: An in-depth analytical session on financial impact on YOUTHS & STUDENTS" What is Pandemics? How it impacts the overall economy? How it impacts the Students/Youths and all of us? We will be live with Dr. Reilly White about the "Global Pandemics and it's Financial Impacts" The Session will focus on the COVID-19 impacts on job market, students and overall economy.
When: March 22, Sunday @ 11:00 AM CST Where: https://www.facebook.com/nrnanccusa/ Stay Tuned...!!! Sincerely, Sandesh Uprety Co -Chair Youth Taskforce Committee NRN NCC USA
      https://youtu.be/enSHw4h0vKU

images
images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १०:४४:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend