Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

पाेखरा आसपासमा भू्कम्पको जाेडदार धक्का

पाेखरा आसपासमा भू्कम्पको जाेडदार धक्का

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
कास्कीको पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटको समयमा कास्की केन्द्र बिन्दु बनाएर ५ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कास्की सहित त्यसआसपासका जिल्ला तनहु, स्याङ्जा, पाल्पा, लमजुङ लगायतका जिल्लामा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ । यो नयाँ भूकम्प नभई वि.सं २०७२ साल बैशाख १२ गते गएको बिनासकारी गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रका एक अधिकारीले फेयर नेपाललाई बताए । गोरखा भूकम्पको पराकम्प आउन अझै रोकिएको छैन । ३ रेक्टर भन्दा बढीको ५ सय भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।

images
images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १०:२७:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend