शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

२ चैत्र २०७६, आईतवार एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

काठमाडौँ | काठमाडौँको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले सञ्चालन गरेको अर्काे सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आज सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।

 

यो पनि पढ्नुहोस :   महासंघलाई कमजोर बनाउने खेल सह्य हुदैन : पत्रकार महासंघ नवलपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य