आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

“सत्यवती” महाकाव्यका केही श्लोकहरू (कविता) -कृष्ण प्रसाई

२ चैत्र २०७६, आईतवार “सत्यवती” महाकाव्यका केही श्लोकहरू (कविता)  -कृष्ण प्रसाई

 

छन्द : शार्दूलविक्रीडित

बग्दा द्वीपवती सुदूर पथको बिल्दै गयो शून्यमा
जस्तो अभ्र छटा सफा फहरिँदै शृङ्गार लावण्यमा
प्यारी अन्तरकी समुद्रदयिता सङ्लो जलाधारले ।
छोप्दा अङ्ग चुहे प्रसन्न मनका माला खुले प्यारले

तीखा चक्षु पुगे तरङ्ग पथको खुल्ला महाकाशमा
माया निर्झरिणी हुँदै बगिरह्यो मिल्ने कुनै आसमा
लज्जाका अनुभाव फैलिरहँदा आबद्धमा रोगन ।
भै उद्मासित प्रष्ट बिम्ब छरिए प्रेमार्थ भो चुम्बन ।।

दाना शुक्तिजका बने नजरमा आनन्द प्रेमाश्रुको ।
खुल्दै नीरजको पलाश छरियो संसार हर्षाश्रुको
सुक्दा रोगन इन्दुरत्न अडिँदै पग्लेर नेत्राञ्जल ।
बग्दै दृष्टि गयो उदाङ्ग ग्रहमा रूझ्दै रहे किञ्जल

जानू फर्की सहजसँगले अश्रु होस् दीर्ण विन्दु ।
पार्दै आफू अभिलषणमा बस्छु सम्झेर सिन्धु ।।
भन्दै आँखा मरमर गरी वेदनाको वियोग ।
बन्दा छाती चरचर भयो भेलको युक्त योग ।।

हाल : का.म.न.पा. वार्ड नं – २९, काठमाण्डौ।

(कृष्ण प्रसाईको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

गीतकार सतिश चापागाईंका मनछुने गीतहरु

 

 

यो पनि पढ्नुहोस :   शकुन राईका चोटिला हाइकुहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य