आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

कोरोना कै कारण जनसम्पर्क समिति बेल्जियमको अधिबेशन रोकियो

३ चैत्र २०७६, सोमबार कोरोना कै कारण जनसम्पर्क समिति बेल्जियमको अधिबेशन रोकियो

 

कोरोनाका कारण जनजीवन अस्त ब्यस्त भएका कारण जनसम्पर्क समिति बेल्जियमको अधिबेशन रोकिएको छ । जनसम्पर्क समिति बेल्जियमकी महाधिवेशन मूल तैयारी समितिकी संयोजक सीता सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिनुभएको हो ।

प्रेस विज्ञप्ति

आदरणीय नेपाली जनसम्पर्क समिति बेल्जियमका अग्रजज्यूहरू,कार्यसमितिका साथीहरू,कृयाशील तथा नेजस बेल्जियमका साधारण सदस्यज्यूहरू,नेपाली दुतावास,बेल्जियमस्थित सम्पूर्ण नेपाली सँघ-सँस्थाहरू तथा बेल्जियमवासी नेपाली दिदि-बहिनी,दाजुभाइहरू।

गत डिसेम्बर महिनामा चीनमा उत्पत्ति भै हाल युरोपलाइ इपीसेण्टर बनाएको कोरोना भाइरस तिब्र गतिमा फैलीइरहेको स्थितिलाइ मध्यनजर गर्दै युरोपका बिभिन्न देशहरूले कण्ट्री लक डाउनका साथै विभिन्न प्रतिरक्षात्मक उपायहरू अवलम्वन गरेको सर्वविदितै छ । यसै क्रममा बेल्जियममा पनि यस भाइरसको प्रकोप दिन दुइगुणा रात चैगुणाको रफ्तारमा फैलिइरहेको छ । यसैकारण बेल्जियम सरकारले मार्च १४ तारीखदेखि अप्रिल ३ तारीख सम्मको लागि सम्पूर्ण शिक्षणसँस्थाहरू,होटल,रेष्टुराँ,क्याफे,बार लगायत(अस्पताल औषधी पसल र खाध्यान्न पसल बाहेक )समस्त ब्यापार व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । यसका साथै सभा,सम्मेलन,भेला र गोष्ठीहरूमा उक्त अवधि सम्मको लागि प्रतिवन्ध लगाएको छ ।

विश्व स्वास्थ्य सँगठनले नेपाललाइ पनि उच्च जोखिममा रहेको देश घोषणा गरेपछि नेपालले पनि विभिन्न प्रतिरक्षात्मक कदमहरू चालेको छ । अहिले विश्भरमा आवागमन करीव ठप्प भएको अवस्था छ । यसै विश्वब्यापी सँकटका कारण नेपाली काँग्रेस पार्टीबाट केन्द्रिय प्रतिनीधि लगायत अतिथिहरू उपस्थित हुन नसक्ने र बेल्जियम सरकारको उपरोक्त घोषणाको फलस्वरूप नेपाली जनसम्पर्क समिति बेल्जियमको आगामी मार्च २३ तारीखका लागि निर्धारित पाँचौँ महाधिवेशन अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछु ।

यस विश्वमहामारीबाट बच्नको लागि आवस्यक र उपलव्ध उपायहरू अवलम्वन गर्दै सचेत रहन र आतँकीत नहुन विश्वभर छरीएर रहनुभएका समस्त नेपाली दाजु-भाइ,दिदि-बहिनीहरू लगायत सबैमा नेपाली जनसम्पर्क समिति बेल्जियम हार्दिक अपील गर्दछ । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून् । धन्यबाद । जयनेपाल ।

यो पनि पढ्नुहोस :   स्पेनमा कार दुर्घटनामा ज्यान गुमाएका पुजनका परिवारलाई आर्थिक सहयोग

सीता सापकोटा
(संयोजक)
पाँचौँ महाधिवेशन मूल तैयारी समिति
नेपाली जनसम्पर्क समिति बेल्जियम

 

गीतकार सतिश चापागाईंका मनछुने गीतहरु

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य