आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

एमाजनमा समान किन्दा एनआरएनए अमेरिकालाई सहयोग

३ चैत्र २०७६, सोमबार एमाजनमा समान किन्दा एनआरएनए अमेरिकालाई सहयोग

हामी सबैले एमाजनमा समान किनिरहेका छौं । यही समान किनिरहेका बेला अब भने हरेक डलर खर्च गर्दा केहि रकम एनआरएन अमेरिकालाई प्राप्त हुने भएको छ ।

एनआरएनए अमेरिकाले अमाजन स्माईलमा आफुलाई आबद्ध गरेको छ । सोहि कार्यक्रम अनुसार सुबिधा एनआरएनले प्राप्त गरेको हो ।

जसका लागि हरेक प्रयोगकर्ताले एनआरएनए अमेरिका सम्बद्ध लिंक प्रयोग गर्नु पर्नेछ । एनआरएनए अमेरिकाले सार्बजनिक गरेको लिंक हो ।

आदरणीय नेपाली भाषी दाजुभाई दिदी बहिनीहरु,
हार्दिक नमस्कार,

एनआरएन अमेरिका नेपाल र नेपालीको हितमा काम गर्न प्रतिबद्ध हुँदाहुँदै पनि आर्थिक श्रोतको अभावमा अपेक्षाकृत काम गर्न नसकिएको कुरालाई हृदयंगम गरी सदस्यता शुल्कमाथिको निर्भरतामा सिमित नरही अन्य श्रोतको खोजी र परिचालन गर्ने क्रममा हामी Amazon Smile मा आबद्ध भएका छौं । हामी र हाम्रो सम्पर्कमा रहनु भएका नेपाली बाहेक अन्य समुदायलाई पनि अनुरोध गरी हाम्रो लिंकबाट सामान खरिद गर्ने परिस्थिति शिर्जना गर्न सकियो भने नेपाल र नेपालीको हितमा काम गर्न यो कोषे ढुंगा साबित हुन सक्छ । यस्तो दान जसमा आफूले केहि दिनु पर्दैन, आफ्नो केहि जॉदैन तर संस्थाले पाउँछ । त्यसैले हामी यहॉहरु सबैलाई Amazon बाट सामान खरिद गर्दा तल दिईएको लिंक खोली सामान खरिद गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । यसो गर्दा हामीले भुक्तानी गरेको रकमबाट एनआरएनले ०।५ प्रतिशत प्राप्त गर्ने छ तर सामानको मूल्य बढ्दैन । यसो गर्दा हामीले तिर्ने रकम नबढीकन नेपाल र नेपालीको हितको लागि दान गरिरहेका हुनेछौं ।

https://www।amazon।com/gp/f।html?C=CWZK0AZZZD4W&K=21UCG9RV2AXVV&M=urn:rtn:msg:202003041356433ae8bd2c83fc49ec9a00fb76c590p0na&R=2I2PL93HI7IX2&T=C&U=https%3A%2F%2Fsmile।amazon।com%2Fch%2F62-1850599%3Fref%3Dpe_1723670_203812010&H=1GGNAUCDWQDQAOWS4HRXHLZZKDAA&ref=pe_1723670_203812010

हामी पून: आग्रह गर्दछौं कि Amazon मा सामान खरिद गर्दा माथिको लिंक नै प्रयोग गरौं र अरुलाई पनि त्यसो गर्न अनुरोध गरौं ।

धन्यवाद !

गैर आवासीय नेपाली सङ्घ, अमेरिका ।

यो पनि पढ्नुहोस :   हार्वर्डमा पढ्न ४ करोडको छात्रवृत्ति पाए नेपाली युवाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य