Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

गजल - जीविका खतिवडा 'अश्रु'

गजल - जीविका खतिवडा 'अश्रु'

नेप्लिज डायस्पोरा

४, चैत्र २०७६
images
  अचानो बनायौ र काट्यौ मजाले भन्यौ केहि शब्द र साट्यौ मजाले सहि सत्य हो हुन्छ भन्दै तिमीले मेरो भावनालाई ढाँट्यौ मजाले बिछोडमा थिए कोहि वेदनामा कहाँ प्रेम सद्भाव बाँट्यौ मज्जाले ? गर्यौ लासमाथि पनि राजनीति खुलेरै पो भाषण छाँट्यौ मजाले ठूला फुर्तिका बात गर्थ्यौं सधैं नै आफैंले थुकी फेरि चाट्यौ मजाले। - बिराटनगर -१ मोरङ हाल : गान्तोक, सिक्किम । ( जीविका खतिवडा 'अश्रु' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   मन परे शेयर गर्नुहोला https://youtu.be/QUG-NUXamVk     https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
images
प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - १७:१४:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend