Tue, 2020-06-02
Open Nav

कोरोनाबाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु, ५ हजार संक्रमित

Saturday March 21, 2020 कोरोनाबाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु, ५ हजार संक्रमित

मड्रिड । नोभेल कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार अहिलेसम्म उच्च मृत्युदर रहेको जनाएको छ ।

स्पेनका हालसम्म एक हजार ३२६ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र २३५ जनाको मृत्यु भएको थियो । त्यसैगरी संक्रमितको संख्यामा पनि एकाएक वृद्धि आएको छ । शनिबारमात्र देशभर पाँच हजार नयाँ संक्रमित भेटिएका हुन् ।

देशभर संक्रमितको संख्या २४ हजार ९२६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अहिलेसम्म बढी प्रभावित भएका चीन, इटालीपछि स्पेन तेस्रो नम्बर भएको बताइएको छ ।

मड्रिड क्षेत्रमा रहेका अस्पतालहरु संक्रमितहरुले भरिएका छन् । स्पेन सरकारले गत सातादेखि नै लकडाउन घोषणा गरिसकेको छ । – बीबीसी

यो पनि पढ्नुहोस :   दुई महिने नेपाल बसाईमा रामप्रसाद खनालले के के गरे ? के के भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य