शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

अमेरिकामा कोरोनाका कारण उत्पन्न हुने बिबिध समस्यामा नेपाली बिद्यार्थीलाई सहयोग गर्न क्षेत्रीय स्तरको समिति गठन

९ चैत्र २०७६, आईतवार अमेरिकामा कोरोनाका कारण उत्पन्न हुने बिबिध समस्यामा नेपाली बिद्यार्थीलाई सहयोग गर्न क्षेत्रीय स्तरको समिति गठन

 

 

एनआरएनए अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिले कोरोना बिरुद्ध लड्न र नेपाली बिद्यार्थीलाई सहयोग गर्न अमेरिकाभरि क्षेत्रीय स्तरको समिति गठन गरेको छ ।

गैरआवासीय नेपाली संघ, अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिको मार्च २० मा बसेको आकस्मिक बैठकले यो कमिटि गठन गरेको हो । बैठकमा कोरोनाका कारण नेपाली बिद्यार्थीहरुलाई अहिले परेका र अझै पर्न सक्ने समस्याका बारेमा व्यापक छलफल गरेको थियो । यो अवस्थामा सबै नेपाली बिद्यार्थीहरुलाई कमिटिको सम्पर्कमा रहन पनि संयोजक पाण्डेयले अनुरोध गर्नुभएको छ ।

“बिद्यार्थीहरु यहाँ एक्लै बस्ने र कमाई पनि न्यून हुने हुदा यो अवस्थामा धेरै समस्या आउन सक्ने भएकोले हामी उहाँहरुका सहि मुद्धालाई संस्थागत तरिकाले समाधान गर्न खोजेका छौं ।” एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बैठकका सहभागीहरुलाई जानकारी गराउनु भयो ।

बैठकमा अमेरिकाका बिभिन्न युनिभर्सिटीहरुमा रहेका बिद्यार्थीहरुको सहभागिता थियो ।

“उक्त बसेको बैठकले महामारीको रूपमा रहेको कोरोना भाईरसको (COVID -19) संक्रमणबाट बच्न र यसका कारण उब्जिएको जटिल अवस्थामा अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले बसेको बैठकमा अहिले बिधार्थीहरूले भोगेको समस्या,आगामी दिनमा उत्पन्न हुन सक्ने अवस्था र समाधानमा पहलका संभावना बारे छलफल भएको थियो ।” टास्कफोर्सका संयोजक त्रिभुवन पाण्डे र सहसंयोजक अनुप खनालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

उक्त बैठकमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, महासचिव पशुपति पाण्डेले बैठकमा उपस्थित भएर एनआरएनए एनसीसी अमेरिकाले नेपाली विद्यार्थी हरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

बिज्ञप्ति हेरौं

गैरआवासीय नेपाली संघ, अमेरिकाको स्टुडेण्ट टास्कफोर्स कमिटिको को मार्च २०, २०२० मा आकस्मिक बस्यो । उक्त बसेको बैठकले महामारीको रूपमा रहेको कोरोना भाईरसको (COVID -19) संक्रमणबाट बच्न र यसका कारण उब्जिएको जटिल अवस्थामा अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले बसेको बैठकमा अहिले बिधार्थीहरूले भोगेको समस्या,आगामी दिनमा उत्पन्न हुन सक्ने अवस्था र समाधानमा पहलका संभावना बारे छलफल भएको थियो ।

यो पनि पढ्नुहोस :   अझै बढी रिजल्ट ओरियन्टेड काम गर्नेछु -बीआर लामा

बैठकले स्टुडेण्ट टास्कफोर्स कमिटिको संयोजनमा क्षेत्रीय स्तरको समिति गठन गरिएको जानकारी पनि यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ |
अमेरिका स्थित रहेका बिभिन्न विश्वबिधालय मा अध्यनरत
नेपाली विद्यार्थीहरुलाई अैले फैलिएको (COVID -19 )कोरोना भाईरसका कारणले गर्दा कुनै पनि ठाउँमा समस्या परेको छ भने तल उलेखित् सम्पर्क नम्बरहरु र ईमेलहरुमा सम्पर्क गर्नु हुन समेत हार्दिक अनुरोध गर्द्छौ ।

उक्त बैठकमा एनआरएनए एन.सी.सी अमेरिका का अध्यक्ष सुनील शाह, महासचिव पशुपति पाण्डेले एनआरएनए एन.सी.सी अमेरिकाले नेपाली विद्यार्थी हरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

बैठकमा विभिन्न विश्वविधालय बाट नेपाली स्टुडेण्ट एशोसिएसन (NSA) का प्रतिनिधि बिधार्थीहरूले एशोसिएसनले गरिरहेको सहयोग र त्यहाँ भएका समस्या हरुलाई प्रस्तुत गर्नु भएको थियो । सो बैठक बाट तदर्थ सम्पर्क समिति गठन गरी क्षेत्रीय स्तरमा समन्वय गर्ने र आइपरेका समस्याहरुलाई समाधान गर्न एनआरएनए एन.सी.सी अमेरिका तथा नेपाली दुतावाससँग पनि सहकार्य गरी अगाडी बढ्ने निर्णय गरियो ।

 

त्रिभुवन पाण्डे
संयोजक स्टुडेण्ट टास्क फोर्स

अनुप खनाल
सह-संयोजक, स्टुडेण्ट टास्क फोर्स
गैर आवासीय नेपाली संघ, अमेरिका
२१ मार्च २०२०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य