आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

११ चैत्र २०७६, मंगलवार कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

 

न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो ।

उनले न्युयोर्कमा उबर चलाउदै आएका थिए ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो भनेर अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने लोकप्रिय नेपाली अनलाइन बिश्व न्युज डटकममा समाचार छ ।

यो पनि पढ्नुहोस :   नेपाली व्यवसायीको होटलमा लगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य