Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

 नेपाल डे परेड २०१८ को हिसाब सार्बजनिक

 नेपाल डे परेड २०१८ को हिसाब सार्बजनिक

सतीश चापागाईं

१२, भाद्र २०७५
images
नेपाल डे परेड २०१८ को खर्च विवरण सार्बजनिक गरिएको छ । आयोजकका तर्फबाट संयोजक तथा एन आर एन अमेरिकाको न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले प्रेस बिज्ञप्ति जारि गरी खर्च विवरण सार्बजनिक गर्नु भएको हो । प्रेस बिज्ञप्ती तेश्रो नेपाल डे परेड २०१८ का सम्वन्धमा आदरणिय गैरआवासिय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु, प्रवासमा नेपाली पहिचानलाई जीवन्तता दिने, नेपाली भेषभुषा, सस्कृति एवं गरिमालाई विश्वकै विविधताको परिचयक महानगरी न्यूर्योक शहरमा  नेपाल डे परेडले तेश्रो आयाम पुरा गरेकोकुरा यहाँहरु सबैलाई सर्वविदित नै छ । मे २०, २०१८ मा सम्पन्न कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरले संयोजनकारी भुमिका निर्वाह गरेको र नेपाल डे परेड २०१८ संचालन तदर्थ समितिको  आयोजनामा न्यूयोर्कस्थितबिभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै सम्पन्न भएको र सो कार्यमा सहयोग पुराउनुहुने सम्पूर्ण सामाजिक अभियान्ता,  समाजसेवी, वुद्धिजिवि, व्यवसायी, पत्रकार एवं तमाम नेपालीमनहरु जसले सो कार्य सम्पादनमा अतुलनिय सहयोग पुराउनु भएको छ, आयोजक  कमिटि एवं संयोजक कमिटिको तर्फबाट हार्दीक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु । सामाजिक अन्यौलताका कारण पनि नेपाल डे परेड २०१८ मा धेरै साथीहरु समावेश हुन नसक्नु भएको कुरालाई आत्मसाथ गरिएको छ । व्यवहारिक कठिनाई र समस्याको समाधान गर्दैराष्ट्यि र सामुहिक महत्वको बिषयमा एनआरएनए नेपाली मात्रको साझा संस्था रहेको हुँदा  गोलवन्द भई समाजलाई अग्रगामी दिशानिर्देश गर्न सहयोग पुराउनुहुनेछ भन्ने पूर्ण विश्वासलिएको छु । नेपाल डे परेड २०१८ को आय व्यय विबरण कार्यक्रम परेड सकिएको एक महिना भित्रनै सार्वजनिक गरिनेछ भन्ने हाम्रो प्रतिवद्धता रहेको थियो । नेपाल डे परेड २०१८ तदर्थ समितिमाप्रस्तुत आर्थिक प्रतिवेदन प्रकृयागत रुपमा नेपाल डे परेड २०१८ स्टेरिङ कमिटिमा पेश गरी छलफल  गर्ने र त्यसलाई प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गर्ने तदर्थ समितिको निर्णय बमोजिममिति अगष्ट १८, २०१८ मा मिटिङ बोलाइएको कुरा जानकारीका लागि अनुरोध गरिन्छ ।  हामीले बिगतमा सार्वजनिक रुपले जाहेर गरेको आर्थिक पारर्दशितालाई मध्यनजर गर्दै कन्भेनररविकिरण कोइरालाले पेश गर्नु भएको खर्च विबरण उपस्थित तदर्थ समितिका सदस्य ज्यूहरु र स्टेरिङ कमिटिका सदस्य ज्यूहरुको सर्वसम्मत निर्णयबाट निम्न अनुसारको आर्थिकप्रतिवेदन अनुमोदन गरेको थियो । अनुमोदित खर्च विबरणमा एनआरएनएको खर्च समेत समावेश गरि सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु । प्रस्तुत आर्थिकप्रतिवेदन सम्वन्धी केही जिज्ञासा भएमा तदर्थ समिती वा तेश्रो नेपाल डे परेड २०१८ का कन्भेनर श्री रविकिरण कोइरालासंग सम्पर्क  गर्नुहुन समेत बिनम्र अनुरोध गर्दछु । चौथो नेपाल डे परेड २०१९ लाई कसरी अगाडि बढाउने भन्ने सन्र्दभमा बृहत टाउन हल मिटिङबाट छलफल गरि टाउन हल मिटिङको निर्णय बमोजिम  अगाडि बढ्ने र टाउन हल मिटिङकोमिति, समय र स्थान भने नेपाल डे परेड २०१८ तदर्थ समितिको आगामी सेप्टेम्बर ८, २०१८ मा बस्ने बैठकले निर्धारण गर्ने कुरा जानकारी गराउन चाहन्छु । अन्तत तेश्रो नेपाल डे परेडबिभिन्न कठिनाईका वाबजुत निरन्तरता पाउन सकेकोमा खुसी व्यक्त गर्दै भविश्यमा हुने नेपाल डे परेडमा सम्पूर्ण  नेपालीहरु गोलवन्द हुन सक्ने वातावरणको सृजना गरौं । बिविधतामाएकता नै हाम्रो बल हो भन्ने तथ्यलाई मनन गर्दै सम्पूर्ण संघ सस्था एवं गैरआवासिय नेपाली समुदायलाई समेटेर समग्रमा  राष्ट्यि पहिचान, सामुहिक हित र भावी पिढीका लागिअनुकरिणय, दिगो र जिवन्त नेपाली पहिचान हस्तान्तरण गर्न सकौं । सो कार्यकालागि हामी सबैको योगदान अपरिहार्य रहन्छ । भवदिय रामहरि अधिकारी संयोजक तदर्थ समिति नेपाल डे परेड २०१८ च्याप्टर अध्यक्ष एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर

images
images
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार - २०:५०:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend