शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

माधव नेपालको कारण उनको पार्टी कम्जोर हुनु पर्नेछैन -राधाकृष्ण देउजा

१४ आश्विन २०७५, आईतवार माधव नेपालको कारण उनको पार्टी कम्जोर हुनु पर्नेछैन  -राधाकृष्ण देउजा

 

राधाकृष्ण देउजा

अहिले नेपालको राजनीतिक वृतमा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपालले केहि दिन अगाडी संसदमा बोलेको विषय बढो चर्चामा छ l उक्त मन्तव्यको पूर्णपाठ सुनेर वा पढेर हैन केहि अंश सुनेर केहि मान्छेहरु माधव नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकारनै ढाल्न लागे भन्ने ढंगको डंका पिटदै, आफ्नै सरकार ढाल्ने खेलमा सहभागी हुने नेताको रुपमा वहाँलाइ चित्रित गर्दै बदनाम गराउने कोशिस गरिरहेका छन l

 

त्यति मात्रै नभएर चाडबाडको मुखमा शुभकामना साटासाट गर्ने हेतुले स्थाई समितिमा रहेका सहयोद्धाहरुसंग गरिएको चियापानलाइ सरकार अझै खासमा केपी ओली विरुद्धको गठबन्धन भएको जस्तो व्याख्या गरेर हेर्ने अनि पछिल्लो दिनमा गरिएको प्रदेश नेतृत्व छनोट सम्वन्धमा माधव नेपालले राखेको असन्तुष्टि स्वरूप संसदमा बोलिएको अनि स्थाई समिति सदस्यहरुको भेला राखिएको भन्ने व्याख्या गर्ने काम पनि भएको छ l

 

यद्धपि यहाँ भुलिएको सत्य के हो भने संसदमा रहने जोसुकैले पनि आफु आवद्ध दलको साथै आफुलाइ मत हाल्ने मतदातादेखि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्नु पर्छ र त्यसो गर्दै गर्दा सदैव आफ्नै दलबाट मन्त्री भएकाहरु सम्वद्ध मन्त्रालयको विषयमा पनि बोल्नु पर्ने, आलोचना गर्नु पर्ने हुन्छ र त्यसलाई मन्त्रीहरुले चिन्ता सहितको सुझावको रुपमा लिएर उठान गरिएका कुराहरुको निराकरण गर्ने तर्फ लाग्नु पर्ने हुन्छ । सँसदमा माधव नेपालले मनतव्यको दौरान सबै भन्दा ज्यादा चिन्ता गरेको भनेको राष्ट्रिय एकता र अखण्डता माथि चुनौती दिंदै अभिव्यक्ती दिनेहरु प्रति कडाइ किन गरिएन भन्ने नै थियो |

 

माधव नेपालको भनाइलाइ यो वा त्यो हिसावले अपव्याख्या गर्दै द्वन्द्ध बढाउनु भन्दा वहाँले संकेत गर्न खोजेको राष्ट्र विरोधी व्यक्ती वा समुहलाइ कानुनको कठघरामा ल्याउनु उचित हुँदो हो, वहाँले संकेत गर्न खोजेको भ्रष्ट पात्र र प्रवृतिको विरुद्ध कडा कदम चाल्नु उचित हुँदो हो । त्यति मात्रै हैन, संसदमा माधव नेपालले वाचन गरको ” लौ न मेरो देश डुब्न लाग्यो कोहि जोगाइदेउ” भन्ने कविता/गितको अंशलाइ समेत गलत ढंगले व्याख्या र प्रचार गर्न खोजिएको देखियो ।

यो पनि पढ्नुहोस :   "आदा" हरुलाई दुई हप्ते अन्तिम सुचना जारी भो -शैलेश श्रेष्ठ

 

वलात्कारका घटनाहरु बढेका छन अर्थात समाजमा अनैतिकता बढेको छ , एउटा घटनाको विषयलाइ लिएर समग्र राजकीय निकायहरु विरुद्ध प्रहार गर्ने र कम्जोर पार्ने काम हुँदैछ, लोकतान्त्रिक ढंगले निर्वाचित सरकारले संविधान ऐन कानुन अनुसार काम गर्दै गर्दा अधिनायकवादको हल्ला चलाइएको छ , अनि यस्तो अवस्थाबाट देशलाइ जोगाउनु पर्दैन ? के सडकमा भैरहेका अराजकता र समाजमा देखियका समस्याहरु तर्फ फर्केर गरिएको चिन्तालाइ पनि सरकारकै विरोधको रुपमा बुझ्ने ? वनको बाघले खाओस नखाओस मनको बाघले खाने विषय किमार्थ ठिक हैन र हुदैन, अहिले संसदमा माधव नेपालले बोलेको विषयलाइ सरकार विरोधी र पार्टीलाइ कम्जोर पार्ने कामको रुपमा बुझ्ने र व्याख्या गर्ने काम त्यही वनको हैन मनको बाघले खाएजस्तै हो |

 

अझै त्यसमाथि त्यही मनतव्यको दौरान व्यक्त गरिएका सकारात्मक धारणा, सरकारले गरको कामको तारिफलाइ नजरअन्दाज गर्दै चिन्ता सहितको सुझावलाइ अन्यथा ब्याख्या गर्ने र उचाल्ने कामले केहीको सत्ता र शक्तीसंगको निकटतालाइ वढाउला, केहिको साखुल्य पल्टिने योजना पुरा होला तर समग्रतामा त्यसले राम्रो गर्दैन l सके परिस्थिति सम्हाल्ने, एकाता र सहकार्य अनि सबैको सम्मानको अवस्था निर्माणको कारक हुनु नसके पनि द्वन्द्ध बढाउने र आफ्नो दुनो सोझ्याउने काम नगरेकै राम्रो होला किनकि सत्य सधैं सत्य नै रहनेछ र त्यो सत्य के हो भने माधव नेपालको कारण उनको पार्टी कम्जोर हुनु पर्नेछैन ।

हाल: न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य