Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

गीतकार अच्युत सिग्देलको “यो जीवन भो तिमीलाई, अँजुलीमा भर्नु मलाई" सार्बजनिक

गीतकार अच्युत सिग्देलको “यो जीवन भो तिमीलाई, अँजुलीमा भर्नु मलाई" सार्बजनिक

सतीश चापागाईं

२३, आश्विन २०७५
images
    काठमाडौँ । गीतकार अच्युत सिग्देलको नयाँ आधुनिक गीत “यो जीवन भो तिमीलाई अँजुलीमा भर्नु मलाई’’ सार्बजनिक भएको छ।   म्युजिक नेपालले यो गीत सार्बजनिक गरेको हो ।   गीतमा स्वर र सङ्गीत नारायण सुवेदीले दिएका छन् । सङ्गीत संयोजन रिकेश गुरुङको रहेको छ । गीतको रेकडिस साजन शाह रहेका छन्। नेपाली चलचित्र निर्देशक तथा क्यामरा पर्सन प्रधुन्न मिश्रद्वारा निर्देशित गीतमा रोशन भाटको छायाङ्कन तथा अनिल कुमार मर्हजनको सम्पादन रहेको छ । टेलिभिजनकर्मी वरिष्ठ पत्रकार प्रदीप चापागाईँले निर्माण गर्नु भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल रश्मि श्रेष्ठ र दिनेश बुढाथोकीको बेजोड प्रेम अभिनय देख्न पाइन्छ । नेपाली आधुनिक गीत सङ्गीतका क्षेत्रमा यो गीतले आफ्नो सशक्त छाप छोड्ने अपेक्षा गर्न सकिन्छ।   नेपाल रहँदा पेसाले एक सफल व्यापारी, पर्यटन व्यवसायी माओवादी जनयुद्धले प्रभावित भएर विदेश पलायन भएका हुन ।   एक वहुप्रतिभाशाली व्यक्ति गीतका अलावा कविता, कथा, समालोचना र आलेख पनि लेख्छन् ।   अमेरिकाको न्यूर्योकमा आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका गीतकार अच्युत सिग्देलका करिब दर्जन आधुनिक गीतहरू “आवृत्ति “ नामक गीति एल्वम मार्फत बजारमा आउँदै छन् ।   https://youtu.be/gKpRZnlxUDY        

images
images
प्रकाशित मिति :आश्विन २३, २०७५ मंगलवार - १९:५४:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend