अमेरिकाको बाल्टिमोरमा नेपालीहरुको महान पर्ब दशैं र तिहारको शुभ अवसरमा भब्य सांगीतिक कार्यक्रम सहित बिजया दशमी शुभकामना साँझ - २०७५ सम्पन्न भएको छ ।
बाल्टिमोर एशोसियशन अफ नेप्लिज युथको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
शुभकामना साँझमा नायक दिलिप रायमाझी, भगवान भण्डारी, कुलेन्द्र बिश्वकर्मा, तिलक बम मल्ल, मुना थापा, शान्ति भण्डारी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
संस्थाका अध्यक्ष दिपक रिजालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा महाबाणिज्य दुत प्रेम राजा महत, एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, बानाकी अध्यक्ष अनु वन्त लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन कृष्ण सुबेदी क्रिसले गर्नु भएको थियो ।
प्रकाशित मिति :कार्तिक ३, २०७५ शनिवार -
२२:२६:४० बजे