Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

अनेसासको ट्रष्टी सभापतिमा फेरी उठ्ने श्याम कार्कीको घोषणा

अनेसासको ट्रष्टी सभापतिमा फेरी उठ्ने श्याम कार्कीको घोषणा

सतीश चापागाईं

१२, कार्तिक २०७५
images
  बाल्टिमोर, अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रस्टीको सभापतिमा डा श्याम कार्कीले दोश्रो कार्यकालको लागि पनि उम्मेदवारी दिने हुनु भएको छ । उहाँ अहिले पनि सभापति नै हुनुहुन्छ ।   आगामी डिसेम्बर २०१८ भित्र अनेसासको बोर्ड अफ ट्रस्टीको निर्वाचन हुने भएकोले डा कार्कीले दोश्रो पटक सभापति पद मै उम्मेदवारी दिने निर्णय सार्बजनिक गर्नु भएको हो । अनेसासमा लामो समयदेखि आबद्ध रहनु भएका डा कार्की अनेसासको बोर्ड अफ ट्रस्टीको सभापतिमा २०१४-२०१८ सम्मको लागि सभापतिमा निर्वाचित हुनु भएको थियो ।   डा कार्की ४ दशक भन्दा अगाडी अमेरिका आउनु भएको हो भने वहा विभिन्न संघ/संस्थाका विभिन्न पदमा रहेर सफलतापूर्वक जिम्मेबारीपूर्ण काम गरि सक्नु भएको छ । गैर आवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष समेत रहनु भएका डा कार्की हाल मेरिल्याण्ड सरकारका साउथ एसियन अमेरिकनका आयोगका आयुक्त समेत रहेका रहनु भएको छ ।   निर्वाचनको लागि भिम कार्कीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति निर्माण गरिएको छ । निर्वाचन समितिमा भिम कार्की प्रमुख तथा तिर्थ पाण्डे र बेदराज बस्नेत समिति सदस्यमा रहनु भएको छ ।   आफ्ना साथीभाई र संस्थासंग सम्बन्धित आबद्ध संग सरसल्लाह गरेर पुन: दोश्रो पटकको लागि आफू सभापतिमा लड्ने सोच बनाएको उहाँले बताउनु भयो । डा कार्कीले अगाडी भन्नु भयो आफ्नो नेतृत्वमा अनेसासको रजत जयन्ति मनाइएको, बोर्ड अफ ट्रस्टी र अनेसास केन्द्रिय समिति बीच आफूले पुलको काम गर्दै सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएको तथा आगामी दिनमा अनेसासको भवन निर्माण गर्ने योजना समेत अगाडी बढाई सकेको बताउनु भयो ।   कार्कीले अनेसासले एउटा राम्रो साहित्यिक पुरस्कार स्थापना गर्ने र आफ्नै भवन बनाउने सोच आफ्नो रहेको पनि बताउनु भयो । "यो साथी भाई कै आग्रहमा गरेको निर्णय हो ।" कार्कीले भन्नुभयो, "सबैको सहयोगले सर्बसम्मत हुनेमा विश्वास छ ।"  

images
images
प्रकाशित मिति :कार्तिक १२, २०७५ सोमवार - २०:३७:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend