शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

माधव नेपालको दोहोलो काढ्ने काम किन ? -राधाकृष्ण देउजा

१ पुष २०७५, आईतवार माधव नेपालको दोहोलो काढ्ने काम किन ? -राधाकृष्ण देउजा

अलिक दिन देखिका समाचार सामग्रीहरु र सामाजिक संजालका पोष्टहरुमा युनिभर्सल पिस फेडेरेसनले भर्खरै नेपालमा सम्पन्न गरेको कार्यक्रम र त्यसैसंग नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपाललाइ जोडेर प्रचार प्रसार गरिरहेको पाइन्छ | माधव नेपाल एक सार्वजनिक पद धारण गरिरहनु भएको मात्रै नभएर मुलुकको राजनीतिको एक महत्वपूर्ण व्यक्ती भएको हुनाले वहाँका विषयमा चर्चा परिचर्चा हुनु स्वाभाविक र सामान्य नै विषय हो | त्यस्ता चर्चा परिचर्चा कहिले सकारात्मक त कहिले नकारात्मक ढंगले गरिएलान त्यो पनि सामान्यनै हो |

अझै चेतनास्तरमा विविधता भएको देशमा कतिपय अवस्थामा चर्चा परिचर्चा यथार्थपरक होलान त कतिपय अवस्थामा नियोजित रुपमा चलाइने अफवाहले सिर्जना गर्ने भ्रमको उपज पनि हुन सक्ला | यो सामान्य विषय हो , यस्तो हुँदैगर्छ त्यसलाइ हामी जस्ता सर्व साधारणले मात्रै हैन स्वयँ माधव नेपालले पनि सामान्य रुपमा नै लिनु पर्छ |

यद्धपि जव एउटा विषयमा चर्चा परिचर्चाहरु निरन्तर हुन्छन, चर्चा परिचर्चा समग्रतालाइ हेर्ने भन्दा कुनै निश्चीत कुरो स्थापित गर्ने ढङ्गले भएको देखिन्छ तव मौनता साँध्नु उचित हुदैन र त्यस्तो किन भैरहेको छ भन्ने विषयमा लागेको धारणा राखिदिनु पर्छ l पछिल्लो दिनहरुमा युनिभर्सल पिस फेडेरेसन र माधव नेपाललाइ जोडेर आइरहेका समाचार र टिप्पणीहरुको आयतन हेर्दा यो स्वाभाविक कम अस्वाभाविक, अनावश्यक र नियोजित ज्यादा लाग्दै गएका छन र यसमा निस्वार्थ रुपमा विश्लेषण गर्ने तमामको ध्यान तानिनु आवश्यक छ | प्रत्यकले आफैंले आफैंलाइ सोध्नु पर्छ “ दुनियाले देख्ने गरेर , कसैलाइ नलुकाईकन दुनियाका बिभिन्न देशका , बिभिन्न धर्मका मान्छेहरु भेला गरेर कुनै धार्मिक एजेण्डामा वहस नभएको कार्यक्रमको विषयलाइ लिएर माधव नेपालको दोहोलो काढ्ने काम किन भैरहेको होला ?” , सबैले आफैँसंग प्रश्न गर्नु पर्छ “ विवादित भनिएको सँस्थाले आयोजना गरको कार्यक्रममा पटक पटक सहभागी अन्यको मात्रै नभएर स्वयँ माधव नेपालकै सहभागिताको चर्चा पहिला कहिले भएको सुनिएन अहिले किन जोडतोडले गरिएको होला ?” चर्चामा रहेको कथित समिट अनि उल्लेखित प्रश्नहरुको बारेमा घोत्लिंदा मेरो निजि निष्कर्ष भने निम्न अनुसार रह्यो:

यो पनि पढ्नुहोस :   प्रदेशमा ज्यान घरदेशमा मन -गिता लम्साल भट्ट

१. माधव नेपालले देश वा विदेशमा आयोजना गरिने कार्यक्रमहरुमा आफुले भ्याएसम्म सहभागिता जनाउदै आउनु भएको छ, त्यसै अनुसार युनिभर्सल पिस फेडेरेसनको बिभिन्न कार्यक्रममा पनि सहभागिता जनआउनु भएको हुनुपर्छ | संसारका बिभिन्न देशका राजनेताहरु आउने कार्यक्रममा सहभागिता जनाउदै विश्व समुदायसंग आफु , आफ्नो पार्टी र खासमा देशको अवस्थालाइ दर्साउने अवसरलाइ कसले के भन्ला वा ठान्ला भनेर वहिष्कार गर्नु पर्थ्यो भन्ने चिन्तन राख्नु र त्यसै अनुसार एकाङ्कि प्रचार गर्नु वान्छनीय ठहर गर्न सकिन्न | जसले वहाँको निरन्तर सहभागितालाइ समाचारको विषय बनाएर प्रचारित गरिरहेका छन उनीहरुले पनि कार्यक्रममा सहभागिता जनाएर वा चर्चामा रहेको सँस्थासंगको निकटताको जगमा माधव नेपालले व्यक्तिगत फाइदा लिएको पुष्ट्याई त टाढाको कुरो आशँका गरेको समेत छैनन , त्यसले पनि पुष्टि गर्छ कि माधव नेपाललाइ वदनाम गराउन चाहनेहरुले सदाझैं विषय पाएका त छन तर सदाझैं कुनै तथ्य र प्रमाणको अभावले नियोजित प्रचारले अपेक्षित परिणाम निकाल्न सक्ने भने देखिएको छैन |

२. युनिभर्सल पिस फेडेरेसन र त्यसको सँस्थापकहरुसंग माधव नेपालको लामो सम्पर्क छ भन्दै त्यस्तो सम्वन्धबाट माधव नेपालले निजि लाभनै लिएको लवजमा वाचन गरिएको समाचार सामाग्रीमा पनि त्यसको पुष्ट्याई गर्न माधव नेपाल पटक पटक कार्यक्रमहरुमा सहभागी रहेको उल्लेख गरियो तर यो भुलियो कि उल्लेखित कार्यक्रमहरुमा माधव नेपाल लुकिछिपी हैन सवैलाइ जनाकारी दिएरै जाने गरेको विमास्थलमै गरिएका पत्रकार सम्मेलनहरुले नै पुष्टी गर्ने छन |

३. कथित र वहुप्रचारित कार्यक्रम पश्चात त्यस कार्यक्रमका सम्वन्धमा सवाल गर्दै चलाइएका ऋषि धमलाको जनता जान्न चाहन्छन लगायतका कार्यक्रमहरुमा माधव नेपालले देखाएको आत्मविश्वास अनि कहीं कतैबाट गलत भए गरेको भए गलत गर्नेहरुलाइ कारवाही गर्न दिएको चुनौतीले पनि उनको अविछिन्न निष्ठा र इमानको पुष्टी मात्रै गरेको छ|

४. चुरो कुरो चाहिं अहिले भएको हल्लाहरु शृंखलालाइ र माधव नेपालको सदा र सर्वत्र सक्रियतालाइ जोडेर हेर्ने हो भने एउटा मात्रै निष्कर्ष निकाल्न सकिन्छ र त्यो भनेको माधव नेपाल असिमित सम्भावना बोकेका नेता हुन जसको सम्भावित सफलताबाट कतिपयलाइ अहिले देखिनै चिन्ता छ | त्यो शक्ती यो वा त्यो ढंगले माधव नेपाललाइ वदनाम र अलोकप्रिय बनाउन सकिन्छ कि भन्ने कोशिस गरिरहेको छन तर उनीहरु यो भुलिरहेका छन कि माधव नेपाल हल्ला , अफवाह , असहयोग र धोकाहरुलाइ पछार्दै अगाडी बढदै आएका नेता हुन |

यो पनि पढ्नुहोस :   अमेरिकामा बुद्धि नपुगे जिन्दगी बिल्लिबाठ हुनसक्दछ -सानुबाबु सिलवाल

उल्लेखित निजि वुझाईलाइ सार्वजनिक गर्दै गर्दा यसलाई यो वा त्यो ढङ्गले व्याख्या गरिने , अन्धभक्ति देखि अनेकन उपादीहरु दिइने छ भन्ने ज्ञान नभएको हैन तर पनि मनको निष्कर्षलाइ मनमै राख्न सकिएन र लेखियो l आरोप , आलोचना र समर्थन सबै अपेक्षित नै छन तर त्यसो गर्ने सबैले यो निजि निष्कर्ष र विश्लेषणलाइ कसैको निर्देशनमा लेखिएको अर्थ भने नलगाईदिने अपेक्षा चाहिं छ ल
देउजाको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य