शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

राजिव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१९ को लोकार्पण हुने

८ पुष २०७५, आईतवार राजिव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१९ को लोकार्पण हुने

विजय थापा ,अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउन मा चर्चित फोटो पत्रकार राजिव श्रेष्ठको ‘ग्लाम क्यालेन्डर २०१९ “को लोकार्पण हुने भएको छ । साथै आफूले खिचेका केही तस्विरहरु पनि प्रदर्शनी हुने भएको छ ।

गत बर्ष पनि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि) ले ग्लाम क्यालेन्डर २०१८ को सार्बजनिक रुपमा लोकार्पण गर्नु भएको थियो । अमेरिका आए पछि पनि आफ्नो पेशालाई निरन्तरता दिएका छन् भने उनले यसै माध्यमबाट कार्यक्रममा सहभागी हुन् अनुरोध गरेका छन् ।

ईनेप्लिज संग कुरा गर्दै यस पटक गत बर्ष भन्दा आफू कार्य व्यस्तताले गर्दा अलिक ढिलो हुन् गएको बताए । तथापी यसलाई निरन्तरता दिने बताए । यस पटक आफ्नो ग्लाम क्यालेन्डर (मनमोहकता भित्ते पात्रो )मा १२ जना नेपाली मोडल (नमूना )महिला कलाकारहरुका तस्बिरहरुलाई समाबेश गरिएको बताए ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबै संचार कर्मीलाई यसै मार्फत निमन्त्रणा गरेका छन् । उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर (मनमोहकता भित्ते पात्रो )निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिई रहेका छन् । उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड (प्रेषकपत्र) त्यसपछि पोस्टर (भित्तेपात्रो )र त्यसपछि ग्लामर क्यालेन्डर (मन मोहकता पात्रो )निकालेका थिए ।

Address: 19743 Frederick Rd, Germantown, MD 20876
(India Palace)
Date: Dec 23, 2018
Time: 1-3 pm sharp

l

यो पनि पढ्नुहोस :   व्यवसायी रुपज्योतिलाई पाँच दिन म्याद थपियो, ‘परिवारलाई नै बदनाम पार्ने चाल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य