शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

सिकागोमा माघी महोत्सब सहित एनआरएनएको मेम्बरसीप ड्राईभ कार्यक्रम हुंदै

२९ पुष २०७५, आईतवार सिकागोमा माघी महोत्सब सहित एनआरएनएको मेम्बरसीप ड्राईभ कार्यक्रम हुंदै

 

यही जनवरी १४, २०१८ सोमबारका दिन सिकागोमा माघी महोत्सब सहित गैह्र आवासीय नेपाली संघको मेम्बरसीप ड्राईभ कार्यक्रम सम्पन्न हुंदैछ।
एनआरएनए ईलिनोई च्याप्टर र सिकागोल्याण्ड थारू सोसाईटीको संयुक्त आयोजनामा सम्पन्न हुन गईरहेको उक्त कार्यक्रममा बिभिन्न सॉस्कृतिक कार्यक्रम र थारू समाजको मौलिक स्वादिष्ट परिकारहरूको ब्यबस्था गरिएकोछ।

एनआरएनका बरिष्ट उपाध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा सम्पन्न हुन गईरहेको उक्त कार्यक्रममा भाग लिन नेपाल अमेरीका पत्रकार संघका महासचिव किरण मरहट्टा सहित टेक्सास, न्यूयोर्क, उईस्कानसन, ईन्डियाना, आयोवा लगायका क्षेत्रका एनआरएनए अभियन्ताहरू सिकागो आउन लागेको कुरा एनआरएनए ईलिनोई च्याप्टरका सचिब बाबुराम सापकोटाले जनाउनु भएकोछ। सिकागोको २५१९ वेस्ट देबान स्ट्रीट स्थित नर्थसोर बेंकट हलमा दिउसो ३ बजेबाट शुरूहुन लागेको उक्त कार्यक्रमा सिकागोको सम्पूर्ण नेपालीहरूलाई आमन्त्रण गरिएको कुरा सिकागोल्याण्ड थारू सोसाईटीका अध्यक्ष ईन्द्रकान्त चौधरीले बताउनुभयो।

यो पनि पढ्नुहोस :   एनआरएनए अमेरिकाको अध्यक्ष पदमा सुनील साह बिजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य