Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

एनआरएन अमेरिकाको चुनावी सरगर्मी बढ्दै, लम्साल उठ्ने पक्का, बाँकी छलफलमा ब्यस्त

एनआरएन अमेरिकाको चुनावी सरगर्मी बढ्दै, लम्साल उठ्ने पक्का, बाँकी छलफलमा ब्यस्त

सतीश चापागाईं

१०, फाल्गुण २०७५
images
एनआरएन अमेरिकाको चुनावी अभियान अब मेम्बरशीप ड्राईभबाट उमेद्वार ड्राईभतर्फ मोडिएको छ । फेसबुकका वालमा नमस्ते गरेका थरीथरीका फोटोहरु देखिनुले यसैको संकेत गरेको छ । उमेद्वार घोषणा गरेकाहरु को कति पानीमा छन् भन्ने त अहिले नै भन्न सकिन्न । कतिपय उमेद्वारका त परिवार श्रीमती नै सदस्य नबनेका हल्ला समेत हुन् थालेका छन् । पछिल्लो दुई दिनको अनियमित सर्भरले गर्दा उमेद्वारको सपना बुनेका कति त आफै सदस्य बन्ने अवसरबाट नै छुटेका छन् । फाईनल सदस्य संख्या बाहिर आउने प्रक्रियामा रहेकै बेला एनआरएनको चुनावमा प्रभावशाली भूमिका खेल्ने भनिएका केहि नेताहरु भने अध्यक्षहरुको फाइनल लिष्ट निकाल्ने अभियानमा जुटेका छन् । अमेरिकाको टेक्सासमा एउटा पारिवारिक भोजको मौका पारेर अध्यक्ष केशव पौडेल, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हेमराज भट्ट, हरिबोल भण्डारी, सी पी पौडेल, थलराज पन्त, ओम भट्टराई लगायतका नेताहरु बसेर छलफल गरेको बुझिएको छ । जनसम्पर्क समितिका केहि नेताहरु टेक्सासमा मिटिंग गरिरहदा केहि नेताहरु न्युयोर्क, मेरिल्याण्ड र क्यालिफोर्नियातिर सल्बलाईरहेका छन् । टेक्सासमा भेट भएको समुहले बिशेष गरेर अहिलेका बरिष्ट उपाध्यक्ष सुनील शाह र बोर्ड सदस्य अर्जुन बन्जाडेलाई कसरी मिलाउने भन्नेमा धेरै समय छलफल गरेको बुझिएको छ । उनीहरु कसैले शाह र कसैले बन्जाडेका बोकेर सदस्यता अभियानमा सक्रिय भएका थिए । शाहलाइ यो पटक अध्यक्ष दिने र बन्जाडेलाई बरिष्टमा राख्ने कुरा बाहिर सतहमा आएको कुरा हो । अध्यक्ष पौडेलले यहि कुरामा जोड दिईरहेका छन् । तर जनसम्पर्क समितिका अधिकांस पदाधिकारीहरु बन्जाडेको पक्षमा देखिन्छन । अघिल्लो निर्वाचनदेखि नै डाक्टरलाई बोकेर हिडेका र जनसम्पर्क समितिको हरेक आज्ञा मानेका शाहलाई यसपटक भने सोचेजस्तो सजिलो देखिदैन । "उनलाई अहिले एकछिन यत्तिकै जान दिने हो । पर्ख र हेरको रणनीतिमा छौं । गौरी जोशीलाई जस्तै ब्यबस्थापन गर्न सकिन्छ ।" एक प्रभावशाली नेताले नेप्लिज डायस्पोरासंग भने । "दुवै जना अध्यक्ष जानै हुन्न । सुर्य लम्साल र संजय थापा मध्ये एकजनालाई बरिष्ट उपाध्यक्ष दिएर बलियो टिम बनाउने र बाँकीसंग लड्ने हो ।" उनले भने । थापा दाउ हेर्दै नेपाल कम्युनिष्ट पार्टी समर्थित प्रवासी मंचका पुर्ब अध्यक्ष संजय थापा यो पटकका अर्का दाबेदार हुन् । उनी प्रचारमा अध्यक्ष कै लागी भनेर हात जोडेका देखिएपनि उनको सोच बरिष्ठ उपाध्यक्षमा कसरी सुरक्षित अवतरण गर्ने भन्नेमा बढी केन्द्रित छ । जसका लागि उनी जनसम्पर्क समितिका दुवै खेमा र स्वतन्त्र भनिएका सुर्य लम्सालसंग पनि बरोबर सम्पर्कमा छन् । जनसम्पर्क समितिले बन्जाडेलाई बढी काखी च्यापिरह्यो भने शाहलाइ अध्यक्ष मानेर थापा बरिष्ठमा जाने सम्भावनाको खेल पनि न्युयोर्क र टेक्सासमा चलिरहेको छ । यसो भयो भने कांग्रेसीहरुको भोट तिनतिर बाँडिने र आफुहरुले जसलाई सघायो उसले जित्ने प्रवासी मंचको विश्लेषण छ । जनसम्पर्क समितिमा कुरा नमिलेका तिनजना प्रभावशाली नेताहरु थापाको पक्षमा भित्रभित्र कस्सिएका छन् । प्रवासी मंच भित्रको एउटा समुह भने थापा कै नेतृत्वमा निर्वाचनमा होमिनु पर्ने तर्कका साथ अगाडी बढिरहेको छ । उनीहरुले पुरै प्यानलको नामावली तयार गरिसकेको बुझिएको छ । मंचको बन्दै गरेको प्यानलमा पनि जनसम्पर्कका जस्तै कमिटि कै पदाधिकारीहरु ईच्छुक देखिएका छन् । लम्साल ढुक्कै अगाडी यो पटक शुरुदेखि नै ढुक्क अगाडी बढेका अर्का उमेद्वार हुन् -सुर्य लम्साल । निर्वाचन आचार संहिताले नछोएको फाईदा उठाउदै लम्सालले शुरुदेखि नै खुलेर अध्यक्षको लागी भोट मागिरहे र सदस्य बनाईरहे । त्यसकारण उनी यो पटक्क बलिया उम्मेदवार हुन् । जनसम्पर्कको आधिकारिक खेमाले अध्यक्ष नदिने र लम्सालले अध्यक्ष बाहेक अन्य पदमा नउठ्ने भएपछी यी दुईबीच छलफलको कुनै गुञ्जायस देखिदैन । त्यसमाथि जनसम्पर्क समिति एउटा बलियो टिम उनको पक्षमा शुरुदेखि नै लागिसकेको छ । महासचिव मुनिन्द्र नेम्वाङ्ग, न्युयोर्क च्याप्टर सभापति रोशन ढुंगाना र अघिल्लो पटक उनकै बिरुद्ध उठेका महेश मल्ल लम्सालको साथमा रहने विश्वास गरिएको छ । त्यति मात्र होइन, जनसम्पर्क र एनआरएनका सबै निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने न्यु योर्कका सक्रिय युवाहरु अनिलराज पाण्डेय, सुजन खनाल र अन्जान चौलागाई लम्सालको निर्वाचन प्रचार प्रसारमा होमिईसकेका छन् । लम्साललाई एनआरएनका हस्तीहरु सोनाम लामा, पासांग र एसी शेर्पा लगायतको शुरुदेखि नै सहयोग मिलेको छ । अघिल्लो निर्वाचनमा कुनै पनि गुटमा नपरेका बेला आएको भारी मतलाई लम्साल तिम्ले उनको लोकप्रियतासंग जोडेर हेरेको छ । साथै जनसम्पर्क र प्रवासी मंच मन नपराउनेहरु र त्यहाँ कुरा नमिलेकाहरुको समर्थन आफुले पाउनेमा लम्साल टिम आशाबादी छ । अध्यक्षमा ठुलै हल्ला भएका नेताहरु साच्चै उठ्छन कि उठ्दैनन भन्ने संका अझै छ । तर, बाहिर कम चर्चा भएका भएपनि लम्साल नै अहिलेसम्मका ढुक्क र बलिया उमेद्वार हुन् । दिनहुँ बदलिईरहने समीकरणले पछि कस्तो मोड लिने हो त्यो भने हेर्न बाँकी नै छ ।

images
images
प्रकाशित मिति :फाल्गुण १०, २०७५ शुक्रवार - २१:२७:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend