शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

मानुषी रेग्मीका ५ मुक्तकहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
३० फाल्गुन २०७५, बिहीबार मानुषी रेग्मीका ५ मुक्तकहरु
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मुक्तक-१

मौका पाउने बित्तिकै अगाडी सर्न खोजीरहेछ
मेरै पछ्यौरीमा समाएर बैतर्णी तर्न खोजीरहेछ
खै उसले आफूलाई पक्कै दु:शासन ठान्छ होला
त्यसैले मेरो अस्तित्वको चीरहरण गर्न खोजीरहेछ ।

मुक्तक-२

जति जोगी आए पनि कानै चिरेका मात्रै देख्छु
कर बढाएर हामी जनतालाई पिरेका मात्रै देख्छु
यस्तै छ यो देशमा जस्ले जे गर्दा पनि सुहाउने
स्वार्थ पूरा गर्न सिंहदरबार छिरेका मात्रै देख्छु ।

मुक्तक-३

हातमा लिई अमृतको प्याला पिलाई रहेछन्
अधरसँग अधर नजरसँग नजर जुधाई रहेछन्
नशामा लठ्ठ पर्दै ऊ रमाउँदै छ मधुशालामा
नयाँ युगमा नर्तकीले दुनियाँ नचाई रहेछन् ।

मुक्तक-४

मान्छेको भरोसा मान्छेबाट टुट्छ कहिलेसम्म ?
सोचीरहेछु म यो छाती दुख्छ कहिलेसम्म ?
भो अब गर्दै नगर्नुहोस् भ्रमको खेती कसैले
भन्नुस् साँचो कुरा लुकाएर लुक्छ कहिलेसम्म ?

मुक्तक-५

धर्म-कर्म पनि जीवनको अपरिहार्य खास छ
साँच्चै हजुरको हृदयमा भगवानको बास छ
हामी दिदी-बहिनीको साइनो कहिले नटुटोस्
किनकी बन्नु त सबै आखिरमा लास छ ।

– मानुषी रेग्मी
घोराही उप-महानगरपालिका -५, दाङ
हाल : काठमाण्डौ ।

(मानुषी रेग्मीका मुक्तकहरु मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा मुक्तक पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom.bicram) मा सम्पर्क गर्नुहोला ।-सम्पादक)

यो पनि पढ्नुहोस :   गजल - पिताम्बर गौतम 'प्रकट'

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य