Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

तिमी छौ र पो मुस्कान छ (गजल)--असन्तुष्ट जलन

तिमी छौ र पो मुस्कान छ (गजल)--असन्तुष्ट जलन

सतीश चापागाईं

२२, बैशाख २०७६
images
  तिमी छौ र पो मुस्कान छ । बाँचेको छु भन्ने भान छ । मेरो भागमा कसरी पर्थ्यो, खुसी जो ताना - तान छ । गल्ती पनि होला मबाट है, बुझिँदिनुहोला अन्जान छ । झुक्न जान्दैन म असत्यमा, यही त मेरो पहिचान छ । बोट संरक्षण गर्न चाहदैनन्, फुल टिप्न यहाँ हानाहान छ । प्रयासरत छु प्रगतिपथमा, दुर्गति हुन्छ कि अनुमान छ । संघर्षरत यो जिन्दगी मेरो, सामना गर्नुपर्ने तुफान छ । जति माया गरे पनि तिमीलाई, मर्दा छोड्नैपर्ने बिधान छ । छाती चिरेर हेर्न पनि सक्छ्यौ जहाँ तिम्रो मायाकै निशान छ। मुद्दा हाले दुश्मनले विरताको, मलाई छिट्टै स्वर्गमा चलान छ । मान्छेको कोलाहल भए पनि मेरो लागि परदेश सुनसान छ । कास गरोस् नगरोस् सरकारले तर जनता हँसाउने उखान छ । दङ्गिशरण २, दाङ हाल : साउदी अरब । ( -असन्तुष्ट जलनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - ०८:४७:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend