शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

एनआरएनएको सदस्यता शुल्क कम गर्नेछु – डोरेन्द्र अधिकारी

२५ बैशाख २०७६, बुधबार एनआरएनएको सदस्यता शुल्क कम गर्नेछु – डोरेन्द्र अधिकारी

डोरेन्द्र अधिकारी एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा उठ्नु भएको छ ।एन आर एन को अभियानमा अधिकारी एउटा अनुभवी नाम हो । नेपाल देखि नै समाजसेवामा समर्पित युवा अधिकारी अमेरि आएपछि पनि सामाजिक क्रियाकालपमा तल्लिन हुनुहुन्छ ।

एउटा अनुभवी युवाको उमेद्वारीलाई अमेरिकाको नेपाली समुदायले खुशी मान्दै उहाँको विजयमा आफ्नो भविष्य देखेको छ ।

शंकर देव क्याम्पुस स्वतंत्र विद्यार्थी यूनियन, नेपाल बिद्यार्थी संघ त्रिभुवन बिस्वबिद्यालय इकाई समिति, कपिलवस्तु समाज, आंशिक प्राध्यापक संघ जस्ता थुप्रै राजनैतिक तथा सामजिक संस्था तथा गतिबिधिमाँ संलग्न हुनुभएका डोरेन्द्र अधिकारी, NRNA को आगामि निर्वाचनमाँ Board Of Director को पदमा उमेद्वार हुनुहुन्छ। उहाँले शंकरदेव क्याम्पस तथा बिभिन्न निजी क्याम्पसहरुमा अध्यापन गर्नुको साथै बिभिन्न पुस्तकहरुमा सह-लेखकको रुपमा समेत काम गरी नेपालको शैक्षिक क्षेत्रमाँ छोटो समयमा राम्रो पहिचान बनाउनु भएको थियो। अहिले पनि उहाँ सह-लेखक भएका केहि पुस्तकहरु नेपालमाँ चलन चल्तीमाँ छन। अमेरिकाबाट मास्टर्स गरिसक्नु भएका अधिकारी हाल IT System Analyst को रुपमा काम गर्नुहुन्छ।

उहाँका अनुसार, नेपालमाँ बहुदलको आगमन पछि सुरु भएको बिदेशीने क्रम अत्यन्तै बढेको हुनाले बिदेशियेका नेपालीहरु थप संगठित हुन आबश्यक रहेको छ। अमेरिकामाँ आउनु भएका पहिलो पुस्ताका नेपाली दाजु-भाई दिदी-बहिनीहरुलाई अमेरिकामाँ उपलब्ध ज्ञान र शिपको बारेमा जानकारी मात्र गराउन सके मात्र पनि यहाँ भएका नेपाली-अमेरिकन/नेपालीहरुको आर्थिक तथा सामाजिक स्तर उकास्न सकिन्छ जसको लागि हामीहरु बिच नेटवर्किंग हुनु जरूरी छ। त्यसै गरेर हामी मध्य धेरैले हाम्रो जीवन भरीको कमाई नेपालमा लगानी गरेका छौ, त्यसको कानूनी सुरक्षा, भोगचलनको अधिकार, गैर आवाशिय नागरिकता तथा आफ्नो नेपालको नागरिकताको निरन्तरताका बिषयमाँ समेत NRNA ले स्थापनाकाल देखिनै लड़ाई लड्दै आएको छ , जून अझ निरंतर गर्नु पर्ने देखिन्छ। दोहोरो करको बिषयमाँ हामीले काम गर्नु पर्ने बांकी नै छ। त्यस्तै गरेर हाम्रा संतानहरुलाई नेपाल सँग जोड़ी राख्ने जिम्मेवारी पनि हामीसंग छ। हामीले हाम्रै पालामा हाम्रा छोरा-छोरीहरुलाई नेपालसंग आर्थिक तथा सांस्कृतिक रूपले जोड्न सकेमा अर्को पुश्ताले समेत नेपालमाँ आफ्नो साइनो निरंतर गैर्न सक्नेछ जसले गर्दा हाम्रा सन्ततिहरुले पनि भविष्यमा आबश्यक भएमा नेपालको आर्थिक एबं सामाजिक बिकाशमा सहयोग गर्न सक्नेछन। यो सबै काम एउटा कार्यकालमाँ पूरा नहुन सक्छन तर हाम्रो पालामा NRNA लाई बिदेशीएका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रुपमा अगाडि बढाउन अति आबस्यक छ।

यो पनि पढ्नुहोस :   ब्यबसायी काजीबाबु कार्कीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

छोटो समयको अन्तरालमा यो संस्थामाँ बढेको आकर्षणले र गैर-आवासिय नेपालीहरुको अपेक्षा अनुरूप यो संस्थाको बिकास गर्ने गहन जिम्मेवारी आगामी कार्यसमितिको रहेको उहांको बुझाई छ। आगामि कार्यसमितिले यो संस्थाको गरिमालाई थप बढाउन अहिले सुरु गरिएका राम्रा कामहरुको निरंतरता का साथै अहिले भएको सदस्यता बन्ने प्रक्रियालाई थप बिश्वासीलो, पारदर्शी र सरल बनाउनु आबस्यक छ।डोरेन्द्र जी, सकेसम्म कम शुल्कमाँ अथवा निशुल्क सदस्य्ता प्रदान गरी NRNA को बिधानले सक्षम मानेका अमेरिकामा बस्ने सम्पूर्ण गैर-आवासीय नेपालीहरुलाई समेट्ने आफ्नो एजेंडा भएको बताउनु हुन्छ। चर्को शुल्क लिएर सिमित संख्यामा सदस्य बनाउनु भन्दा निशुल्क सदस्य्ता बनाउने र NRNA ले आफ्ना सदस्यहरुलाई पठाउने ईमेल, नोटिस तथा बिज्ञप्तिहरुमा नेपालीहरुद्वारा संचालित ब्यबसायहरुको बिज्ञापन पनि पठाउने गर्न सकेमा हामी हाम्रै कम्युनिटीका दाजुभाई-दिदीबहिनीहरुको ब्यबसाय पनि प्रबर्धन गर्न सक्छौ र सदस्य्ताबाट उठ्ने भन्दा कैयौंगुणा धेरै आम्दानी पनि गर्न सक्ने आफ्नो एजेंडा रहेको बताउनु हुन्छ। त्यसै गरी, बढ्दो डिजिटलाइज सिस्टम र Data Security माँ आफुले काम गर्न चाहेको समेत उहाँले बताउनु भयो।

डोरेन्द्र जी, आफू बिजय भएमा माथि उल्लेखित एजेण्डाहरुमा आफुले काम चाहेको तथा अन्य NRNA का कार्यसमितिका साथीहरु तथा संपूर्ण सदस्यहरुका सामूहिक एजेण्डाहरुमा आफू काम गर्न तयार भएको बताउनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य