Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

एनआरएन अमेरिकाको आसन्न निर्वाचन स्थगित हुने सम्भावना

एनआरएन अमेरिकाको आसन्न निर्वाचन स्थगित हुने सम्भावना

सतीश चापागाईं

३१, बैशाख २०७६
images
एनआरएन अमेरिकाको आसन्न निर्वाचन स्थगित हुने सम्भावना बढेर गएको छ । गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरी राज जोशीको पछिल्लो सार्बजनिक गतिबिधिले यहि संकेत गरेको छ । अमेरिकाको निर्वाचन रोक्न सक्ने हैसियत अहिले जोशीसंग मात्र छ । जोशीको फेसबुकमा १४ मे, २०१९, दिउसो पौने चार बजेमा आएको एउटा चिठीमा यो निर्वाचन रोक्न आग्रह गरिएको छ । सार्बजनिक चिठीको आधिकारिकता र थप कारण बुझ्न जोशीसंग नेप्लिज डायास्पोराले गरेको सम्पर्क सफल भएन । उक्त चिठी जस्ताको तस्तै यहाँ प्रस्तुत छ : श्रीमान अध्यक्ष्यज्यू    १४ मे २०१९ तथा प्रमुख निर्बाचन अधिकृतज्यू गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका महोदय, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनावको सन्दर्भमा सदश्यता आवेदन देखि हालसम्म भए गरेका कामहरुवारे आम समुदायमा व्यापक चासो र चिन्ता उब्जेको अवस्था छ । वेवसाइटमा आएको समस्याको कारण सदश्यता दर्तामा समस्या पैदा भएको र उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममापनि पटक पटक वेवसाइट अवरुद्ध भएको थियो । वेवसाइट वनाउन जिम्मा दिएको कम्पनीका वारेमा पनि विभिन्न टीका टिप्पणीहरु भईरहेको सन्दर्भमा नेपाली समुदाय र एनआरएनए एनसीसी अमेरिकाका सदश्यहरुको चासो र चिन्तालाई सम्वोधन गर्नु अमेरिकाज क्षेत्रको दायित्व पनि हो । यस क्रममा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन निष्पक्षतालाई लिएर उठेका विभिन्न प्रश्नहरु प्रति गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) गम्भिर भएको छ । एनआरएनए आईसीसी अमेरिकाज क्षेत्रसम्म समेत निर्वाचन निष्पक्षता ग्यारेण्टी गरिनु पर्यो भन्ने वारेमा उजुरीहरु परेका छन् । यसवारेमा आईसीसीमा पनि पटक पटक औपचारिक र अनौपचारिक छलफल भएको छ । एनआरएनए विधानमा आईसीसी र एनसीसी विचमा पारदर्शियता हुनुपर्ने उल्लेख छ र अन्तरास्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सम्पूर्ण पंजीकृत सदस्यको अभिलेख अन्तरास्ट्रिय समन्वय समितिमा हुनुपर्ने उल्लेख छ| एनसीसीमा सदश्यता एनआरएनएको सदस्यता पंजीकरण नियम अनुसार आईसीसीको केन्द्रिय एमआईएस प्रणाली अनुसार हुनुपर्छ । एनआरएनएमा आवद्ध विश्वका ८० देशका एनसीसीहरुले एमआईएस प्रणाली अनुसार सदश्यता पंजीकरणको अभियान आगाडी बढाएका छन् । एनआरएनए एनसीसी अमेरिकाले मात्र विधान तथा नियमावलीको यो व्यवस्था अनुसार सदश्यता वनाएको छैन । एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्षरुपमा हुनु पर्छ । यो आईसीसीको मान्यता हो । निर्वाचन निष्पक्ष र स्वच्छ रुपमा सम्पन्न हुन नसकेमा आईसीसीको विधान अनुसार वाध्यात्मक कदम पनि चाल्नु पर्ने अवस्था आउन सक्छ । यसवाट आउने गम्भिर परिणामको जिम्मेवार एनआरएनए एनसीसी र निर्वाचन समिति नै हुने छ । आईसीसीको निर्बाचन सम्बन्धि नियमावली अन्तर्गत हरेक एनसीसीमा निर्बाचन प्रकृयालाई निरीक्षणको लागि क्षेत्रीय संयोजनको सहमतिमा पर्यवेक्षक नियुक्त गर्नुपर्छ| निर्वाचन नतिजा सवैका लागि स्विकार्य होस भन्ने उद्देश्यले मेरो निर्देशनमा आईसीसी अमेरिकाज् क्षेत्रले अहिले उठेका विवादलाई सम्वोधन गर्न तीन सदश्य समिति वनाएको थियो । विभिन्न क्षेत्रका विज्ञ रहेको उक्त समितिलाई हालसम्म भएका कामहरु, देखिएका कमि कमजोरीका विषयमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिईएको थियो । तर, एनआरएनए एनसीसी अमेरिकाले यो समितिलाई असहयोग गर्यो र सदस्यता सम्बन्धि जानकारी लगायतका कुनैपनि सूचना प्रदान गरेन। आईसीसी अमेरिका क्षेत्रको सहज र निष्पक्ष निर्वाचन गराउने प्रयासमा यो असहयोगका कारण अवरोध आयो । यसले गर्दापनि हुन लागेको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा हुदैन कि भन्ने थप शंका उब्जेको छ । आईसीसीको विधान अनुसार स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन भएन भने यसलाई अस्विकार गर्ने अवस्था आउन सक्छ । यस्तो परिस्थिति नआओस भन्नेमा आईसीसी सचेत छ । अहिले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन प्रकृयामा २ सय भन्दा वढी उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । संस्थामा ९ हजार भन्दा वढी मतदाता हुुनुहुन्छ । निष्पक्ष निर्वाचन हुन सक्यो भने मात्र यो सवैका लागि स्विकार्य हुन्छ । निर्वाचन परिणाम सवैको लागि स्विकार्य हुन सकेन भने अलिहेको एनआरएनए एनसीसी अमेरिकाका सदश्य मतदाताका विवरण सार्वजनिक दुरुपयोग भएका तथ्यहरु वाहिर आएका छन् । केही उम्मेदवारले ती व्यक्तिगत विवरण प्राप्त गरेर इमेल र म्यासेज पठाएको भेटिएको छ । मतदाताको व्यक्तिगत विवरण दुरुपयोग गर्ने छुट कसैलाई छैन । यस प्रति पनि आईसीसी गम्भिर छ । आईसीसीलाई नदिईएको विवरण उम्मेदवारहरु संग कसरी पुग्यो यो पनि अनुसन्धान हुनुपर्छ । सदश्यताको सवालमा आईसीसीको केन्द्रिय एमआईएस प्रावधान पालना गर्नु पर्ने र अहिले सदश्यताका वारेमा उठेको विवादलाई पुन भेरिफिकेसन गर्नु पर्ने अवस्था आएको छ । यस प्रकृया पुरा गरेर मात्र निर्वाचन गर्नु र गराउनु उपयुक्त हुने छ । माथि उल्लेखित परिस्थितिको कारणले गर्दा राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को चुनाब हाललाई स्थगित गरि रास्ट्रिय महाधिबेशनले तोकेकों समय परिधिभित्र रहेर सदस्यताको सम्पूर्ण विवरण एमआइएस सिस्टम अन्तर्गत दर्ता तथा भेरिफिकेसन गरेर आईसीसीले तोकेकों पर्यवेक्षकको रोहबरमा मात्र गराउनु हुन् निर्देशन छ| अन्यथा अन्तरास्ट्रिय समन्वय समितिको बिधान तथा चुनाब सम्बन्धि नियमावली अनुसार मान्यता प्राप्त नहुने व्यहोरा जानकारी गराउछु| अन्तरास्ट्रिय समन्वय समितिको समन्धित नियमाबलिहरु यसै साथ संग्लग्न छ| गौरी राज जोशी क्षेत्रिय संयोजक गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्र ।
   

images
images
प्रकाशित मिति :बैशाख ३१, २०७६ मंगलवार - १५:३०:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend