शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

“आफ्ना सपना पूरा अनि सहिदका सपना अधुरा हुन्छन् ।” – गोम बिक्रमका ५ मुक्तकहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२ जेष्ठ २०७६, बिहीबार “आफ्ना सपना पूरा अनि सहिदका सपना अधुरा हुन्छन् ।” – गोम बिक्रमका ५ मुक्तकहरू
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मुक्तक -१

अपराधै होस् कसैको त, गल्ती हुँदै नहुँदोरैछ
जेसुकै होस् पिडितमा, पत्थरे दिल छुँदै नछुँदोरैछ
दोषीलाई ढाकी हाल्छन्, निर्दोषीलाई जाकीहाल्छन्
कति ‘महाशय’यस्ता छन्, कानूनले छुँदै नछुँदोरैछ ।

मुक्तक -२

चुनौति दिदै संविधानको, खेला लागेको छ अचेल
चुनाव जित्ने आश्वासनको, भेला लागेको छ अचेल
धरापमा राखी नैतिकता, बलात्कृत छ राष्ट्रियता
नागरिकता दिन सीमातिर, मेला लागेको छ अचेल ।

मुक्तक -३

लैङ्गिक हिंसा, बुहार्तन, कुरिति उस्तै चलेका छन्
दमन उस्तै थिचोमिचो, न त अन्यायी ढलेका छन्
अस्तित्व निम्ति जुट्नु पर्यो, अन्यायी विरुद्ध उठनु पर्यो
देशका कुना-कप्चेरामा, कैयन नारी जलेका छन् ।

मुक्तक -४

रडाको ठूलो बेइमानीकै, विवेक राखी गुनिँदैन
आफ्ना मात्र जोगाऊँ अरे, असल-खराब चुनिँदैन
देश- दुनियाँ चलेकैछ, इमानी सब ढलेकैछ
लाज पचाए बेशर्मीले, जायज कुरा सुनिँदैन ।

मुक्तक -५

आशमा राखी जनतालाई, उचाल्न खुब सुरा हुन्छन्
भ्रमको खेती लगाएर, दुनियाँभर कुरा हुन्छन्
सहिद दिवस आएपछि, फूलमालाले सजाएपछि
आफ्ना सपना पूरा हुन्छन्, शहिदका चैं अधुरा हुन्छन् ।

✍ गोम बिक्रम
gombicram3@gmail.com
कल्लाबारी, पाल्पा ।
२०७६ जेठ ३

यो पनि पढ्नुहोस :   म्युजिक भिडियो सार्बजनिक गर्दै स्विट सिक्सटिन मनाईन अपेक्षाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य