Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

मेरी आमा ( देशभक्ति कविता)- नीमा भुटिया

मेरी आमा ( देशभक्ति कविता)- नीमा भुटिया

सतीश चापागाईं

७, जेठ २०७६
images
  मेरी आमा र मेरो देश मलाई प्यारो लाग्छ मलाई मेरै गाउँ बस्ती आनन्द लाग्छ जहाँ मैले जन्म पाएको छु सानै रहे पनि मलाई मेरो देश मेरी आमा जत्तिकै प्यारो लाग्छ जसले मलाई स्वच्छ वातावरण र अन्न दिएकोछ जसले मलाई एउटा मान्छे हुँ भन्ने चिनारी मिलेकोछ जहाँ म रहे पनि मलाई मेरो देशको माया लाग्छ जसले मेरो पहिचान बनेकोछ हुनु त मेरो निकै देश सानोछ तर शान्ति र सुन्दरताको बगैंचा हो मेरो देश म जस्तै दुःख र पिडाहरूमा रहे पनि यहाँ मेरो देशको अनि मेरो शान घटेको छैन म जहाँ पसिना बगाउनु पुगे पनि मेरो देशले मलाई कहिले भुलेको छैन यसैले आज म दुई कर जोडी नमन गर्दछु मेरो प्यारो देशलाई जसले यो विश्वमा मलाई चिनारी दिलाएकोछ हो म मान्छु मेरो देशले भर्खर सफलताको पाइतला उचाल्दैछ तर सन्तानलाई कहिले दुःख बोकाएको छैन आमाले झै माया र ममताको पाठ सिकाएकोछ मेरो देशले मलाई यहाँ बरू आफू भोको रहेर अरूलाई पेट भर्न सिकाएको छ मेरो देशले कहिले कसैलाई हेपेर उठेको छैन मेरो देश जहिले पनि मुखमा शान्ति बोली बाँचेको छ मेरो देश सानो छ तर सुन्दर र शान्त छ मेरो देश-------!!!! - जलढक्का, कालेबुङ्ग भारत । (- नीमा भुटिया को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
images
प्रकाशित मिति :जेठ ७, २०७६ मंगलवार - १८:२२:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend