Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

कमलकाे कीरा (कविता) -शंकर ढकाल(छन्द : शार्दूलविक्रीडित )

कमलकाे कीरा (कविता) -शंकर ढकाल(छन्द : शार्दूलविक्रीडित )

सतीश चापागाईं

२७, जेठ २०७६
images
माटाे छाेप्न रवीन्दु कर्मठ बनी बाटाे बनाई हिँड काेदालाे पकडी उछिन्नु छ अझैँ ढुङ्गाहरूकाे भिड । हावाले कसरी भनूँ म कसका निभ्दैछ चूलाे कति पानी देख्न रुचाउँदैन कि कसाे दन्किन्छ अागाे अति ।।१।। हुर्केका रुख काट्टिएर पुरिए खै दाउराका चुली ए देवी ! झगडा दुई नयनका के गर्व गर्ने भुली अाँखा जण्डिसले छ ग्रस्त हरियाे देख्दैन डाँडावन गाेर्खाली हुँ भनूँ भने प्रण गरी सुख्खा छ याे जीवन ।।२।। अाँखाले जब भन्छ देख्न नपराेस् त्यै देख्छ कालाे दिन अामाकै भर पर्नु पर्दछ भने गर्जिन्छ छाेराे किन । मेराे देश निदाउदैछ कि कसाे दुर्गन्ध मुर्दासरि गर्ने यत्न निभाउने कलममा अागाे बले के गरी ।।३।। सङ्ख्या वृद्धि गरेछ बाँदर मुसा जन्माउदैँ सन्तति गर्भैदेखि घटाउँदैछ अहिले मेराे त बारी कति । खाना छैन निकाल्न कल्मष कठै चर्पी छ राम्राे तर लागेकाे छ दशा नशा म कसरी छुट्याउने डाक्टर ।।४।। धूलाे दाग निखार्न टक्क हरिया साडीहरू लाउन माताजी प्रकृतिप्रिया बन तिमी अस्तित्व जाेगाउन । झूटाे बाेल्न सिकी सिँगार्न कविता झन् राेगले तर्सिन नेपाली प्रिय भक्त हूँ कलमकाे पालूँ म कीरा किन ।।५।। तानसेन न. पा. - ७ काजीपाैवा, पाल्पा । हाल : महाराष्ट्र नागपुर, भारत । -शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:०८:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend