शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

गोली लागेर पाँच महिनादेखि ओछयान परेका प्रयास बाँनियालाई एनआरएनएको पहलमा आर्थिक सहयोग

१६ असार २०७६, सोमबार गोली लागेर पाँच महिनादेखि ओछयान परेका प्रयास बाँनियालाई एनआरएनएको पहलमा आर्थिक सहयोग

अमेरिकाको केन्टुकी राज्यको एउटा स्टोरमा कामगर्ने क्रममा लुटेराको गोली लागेर पाँच महिनादेखि ओछयान परेका प्रयास बाँनियालाई एनआरएनए अमेरिकाको केन्टुकी च्याप्टरको पहलमा आर्थिक सहयोग गरिएको छ ।

केन्टुकीको लेक्जिन्टन शहरमा प्रयास बानियाको सहयोगार्थ गरिएको एक सांस्कृतिक कार्यक्रममा बाँनियाका बुबा हरिकृष्ण बाँनिया र मामा सुदन खत्रीलाई संकलित रकम १४ हजार ५ सय ७९ डलर हस्तान्तरण गरिएको हो । एनआरएनए अमेरिका केन्टुकी च्याप्टरको आयोजना र अन्तराष्ट्रिय कलाकार संघ केन्टुकीको प्रस्तुतिमा उक्त कार्यक्रममा भएको थियो । “बाँनियाको सहयोगार्थ गो फण्डमा उठेको रकममा सोहि कार्यक्रममा उठेको रकम पनि थपेर हस्तान्तरण गरेको एनआरएनए अमेरिका केन्टुकी च्याप्टरका अध्यक्ष डिलु पराजुलीले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो।

“एक पटकको नेपाली सधैको नेपाली हाम्रो मुख्य नारा हो र एउटा नेपालीलाई अफ्ठेरो पर्दा अर्को नेपालीले सहयोग गर्ने हाम्रो भावना हो।” अध्यक्ष पराजुलीले भन्नुभयो, “यहि भावनालाई आत्मसात गर्दै केन्टुकीका सबै ब्यक्ति र संस्थाको हामीलाई साथ मिल्यो । अन्तराष्ट्रिय कलाकार संघ केन्टुकीका अध्यक्ष गोपाल नेपाल ‘फिष्टे’ र उक्त संस्थाबाट बिशेष सहयोग मिल्यो ।”

उक्त कार्यक्रममा अन्तराष्ट्रिय कलाकार संघ केन्टुकीका अर्जुन थापा, मुरारी गुरागाईं, सरोज अधिकारी, प्रदिप विष्टले सांस्कृतिक कार्यक्रममा बिशेष भूमिका निभाएको बुझिएको छ ।
कार्यक्रम सफल बनाउन एनआरएन केन्टुकी च्याप्टरका सल्लाहकार शशि अधिकारी, नव निर्वाचित सचिव साम्बा लामिछाने, नव निर्वाचित कोषाध्यक्ष राजन भुजेल, सामाजिक व्यक्तित्वहरु लक्ष्मी खड्का, नविन तिवारी, बिष्णु डुम्रेको बिशेष सहयोग रहेको थियो ।

सोहि कार्यक्रममा इन्डियाना राज्यका अध्यक्ष राजीव श्रेष्ठले उक्त कार्यक्रममा आफ्नो च्याप्टरका तर्फबाट उठेको सहयोग रकम ७ सय ५१ डलर पनि हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष डिलु पराजुलीले यो अभियानमा सहयोग गर्ने सबै ब्यक्ति र स्थानीय संघ संस्थाहरु ANKA , BCLK, NASK र INAS का अध्यक्ष र सबै पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस :   Harry Bhandari victory celebration program, some glimpses.

यो कार्यक्रमपछि त्यहाँका नेपालीहरु माझ एनआरएनएप्रति ठुलो विश्वास बढेको अध्यक्ष पराजुलीले बताउनु भयो ।

३५ बर्षका प्रयास बाँनिया फेब्रुअरीदेखि ओछयानको ओछयान छन् । उनलाई हरेक काममा परिवारका एक जनाले सहयोग गर्नु पर्दछ । नेपालको बनेपा घर भएका बाँनिया ६ बर्षदेखी यहि बस्दै आएका हुन् ।

2 प्रतिकृया on “गोली लागेर पाँच महिनादेखि ओछयान परेका प्रयास बाँनियालाई एनआरएनएको पहलमा आर्थिक सहयोग”

  1. J. says:

    यसमा NRN kentucky Chapter को सहभागीता मात्र थिएन..लेखकले यो कुरा बुझ्नु पर्ने हो। कसैको राजनैतिक फायदाको लागि मात्र भाषा सम्प्रेषण गर्नु सम्पादकको नैतिकता र मर्यादा बिपरित ठहरीन्छ।

  2. J says:

    यसमा NRN kentucky Chapter को सहभागीता मात्र थिएन..लेखकले यो कुरा बुझ्नु पर्ने हो। कसैको राजनैतिक फायदाको लागि मात्र भाषा सम्प्रेषण गर्नु सम्पादकको नैतिकता र मर्यादा बिपरित ठहरीन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य