शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

कला तथा साहित्य

कस्को नजरमा कस्तो भो तीज (५ स्रष्टाका ५ मुक्तकहरू)

१५ भाद्र २०७६, आईतवार

  मुक्तक -१ मेरो मनको झिलमिल एउटा शहर हरायो मिठो सपना आउने सुन्दर प्रहर हरायो जुनदिन आमा मलाई छोडी परलोक गयौ तिमी, त्यही दिनदेखि तीजमा दरको रहर हरायो । – मीना चौलागाई पाँचखाल न. पा.-६, काभ्रे । …………………………. मुक्तक -२ तीज चाड रहेन आमा साँच्चै जोगाउन सकिएन आँखा चिम्लेर ज्वाइँलाई रिन बोकाउन सकिएन खुशी छु […]

पुरा पढ्नुहोस

नेपाली छोरी सुप्रिया घिमिरे अमेरिकामा कलाकार बन्ने यात्रामा

१४ भाद्र २०७६, शनिबार

अमेरिकामा भावी कलाकार खोज्ने एउटा कम्पनीले नेपाली छोरी सुप्रिया घिमिरेलाई प्रतिभावान कलाकारको रुपमा छनौट गरेको छ । अमेरिकाको बाल्टिमोरमा उक्त कम्पनिले आयोजना गरेको अडिसनमा भाग लिएकी सुप्रियालाई कम्पनिले छनौट गरेको हो । सुप्रिया अहिले १५ वर्षकी भईन । सुप्रियाले सानैदेखि टेलिभिजनमा देखिने सपना बुन्ने गरेको उनका बुबा सुभाष घिमिरेले बताए । “छोरी सधै टेलिभिजनमा देखिने […]

पुरा पढ्नुहोस

गजल – दलु रिजाल

१४ भाद्र २०७६, शनिबार

  म प्रेम गर्दिन, प्रेम गर्नु बैंसको चाहात भन्छन् झन सहमतिमा कुरा मिलेन भने घात भन्छन् प्रेममा, समय बर्बाद गर्न मन लाग्दैन मलाई मान्छेले मान्छे गन्दैनन् मित्र झारपात भन्छन् अफसोच हुन्छ पक्का, सच्चा प्रेम गर्दा पनि सय प्रतिशत, स्वार्थी पुरुषको जात भन्छन् पानी माथी ओभानो बन्न पनि कति सजिलो धोका दिएर बाध्यता पर्यो अकस्मात भन्छन् […]

पुरा पढ्नुहोस

गजल – आकाश थापा

१४ भाद्र २०७६, शनिबार

  पाल्नलाई घर परिवार परदेश जानु पर्ने भो देशले दिएन रोजगार परदेश जानु पर्ने भो हामी युवाहरूलाई कस्तो अनौठो पिडा हो त्यागेर प्रेमीकाको प्यार परदेश जानु पर्ने भो कोठाभित्र कलम चलाई सकिँदैन पेट पाल्न अब त प्राय : गजलकार परदेश जानु पर्ने भो डाँको छोडेर छोरा भन्दै रून्छिन् भन्ने डरले आमालाई नभनी हतार परदेश जानु […]

पुरा पढ्नुहोस

कवच (लघुकथा) – मन्दिरा मधुश्री

१३ भाद्र २०७६, शुक्रबार

एक्कासी गोपाल दाईसँग जम्काभेट भयो । मर्यादा राखेर भनेँ – “नमस्कार दाई !” “ओहो ! के छ अम्बु ?” मेरो डँडेल्नोमा धाप मार्दै दाईले भने । “अम्बिका” लाई “अम्बु” सम्बोधन साथै एकछिनसम्म पनि हात नहटेपछि यो धाप मराइ पनि अप्रत्याशित हो जस्तो लागेन मलाई । “ठिकै छ दाई । अनि हजुरको नि ?” – करैले […]

पुरा पढ्नुहोस

बा (कविता) – उत्तम विचार

१३ भाद्र २०७६, शुक्रबार

  बा हरता हुन् बा भरता हुन् सुन ए ! सन्तति हो बा सृष्टिकर्ता हुन् ! तिनै बा जस्ले सन्तानको एकमुठ्ठी खुशीका लागि आफ्नो खुशी भनेनन् दिन भनेनन्, रात भनेनन् भने त केवल तिम्रै भविष्य भने अनि हाम्रै सफलताको कामना गरे । निधारका चाउरी परेका रेखहरूको बाटो भएर बग्ने बलिन्द्र धारा पसिनाका सुगन्ध हुन् मेरा […]

पुरा पढ्नुहोस

स्वतन्त्रता दिवस मान्दिन (कविता) – राजेन तामाङ

१३ भाद्र २०७६, शुक्रबार

  स्वतन्त्रता दिवस म मान्दिन, अँ ह, म एकदमै खुशी हुँदिन, स्वतन्त्रता सेनानीमा मेरो बाजेले मेरो बडा बाबुले दिएको बलिदान जबकी कदर नै हुँदैन भने, वीर-वीराङ्गनाहरुले दिएको आहुति देशले मुल्याङ्कन नै गर्दैन भने स्वतन्त्रता दिवस म मान्दिन। जातिय आधारमा राज्य हुनेहरूले कैयौँ पल्ट विदेशीको लान्छना लाउँछ भने स्वातन्त्रता दिवस म मान्दिन। कैयौँ पुस्ता बित्यो आफ्नो […]

पुरा पढ्नुहोस

चेतनाको पाठ (लघुकथा) -एस. पि. असफल

१३ भाद्र २०७६, शुक्रबार

  “समाजले कथित तल्लो जात भनेर हेलाँ गर्नेलाई सम्मान र अधिकार दिलाउँछु, छुवाछूत अन्त गरेरै छाड्छु ।” बनारसबाट पढेर फर्कने ताका हरिले खुलेरै सबलाई भन्ने गर्थे । उनका सात पुस्त‌ैदेखि जजमान गर्दै अाएका थिए । उनी अाफू पनि निकै जेहेन्दार भएकाले बेलैमा खर्च भरेर आफ्ना बाबुले बनारसमा हिन्दू धर्मका सम्पूर्ण ग्रन्थहरुको अध्ययन र निपूर्णता हासिल […]

पुरा पढ्नुहोस

मान्छे ठूलो दिमागले हुन्छ जातले हुँदैन कहिल्यै -रबिन श्रीपालि (५ मुक्तकहरू)

१३ भाद्र २०७६, शुक्रबार

  मुक्तक -१ काटे पनि शत्रुले हाम्रो कुरा अगाडि बढ्नुपर्छ, बलबुद्धि सबै लगाएर पूरा अगाडि बढ्नुपर्छ, मान्छेले मान्छेको,कुरा काट्न छोड्दैनन् कहिल्यै, सुरु गरेको काम नछोडी अधुरा अगाडि बढ्नुपर्छ। मुक्तक -२ ढाँटेर,चोरेर बदनामी हैन्, बाँच्नुहोस दानी बनेर, सबैले पिउने कलकल, शुद्ध मीठो पानी बनेर, के लगेर जानेछौँ र ? यो पृथ्वीबाट हामीले यहाँ, एकदिन यो ज्यान […]

पुरा पढ्नुहोस

आगो (कथा) – सुधिर कुमार सुमन

१३ भाद्र २०७६, शुक्रबार

  ” छ्प्ल्याङ्ग” पधेँराको पानीमा कसैले ढुङ्गा हान्यो । पल्लाघरे कान्छा देवर रहेछन् । यी देवर खुब रमाइला लाग्थे मलाई । मिलनसार पनि थिए । मलाई पनि यिनसँग जिस्किन किन किन खुब मज्जा लाग्थ्यो । अनि देवर पनि त्यसै गरी जिस्किन्थे । “आज ढिला आउनु भयो त देवर बाबू । कि आज देउरानीले निस्किन दिइनन् […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य