शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

कला तथा साहित्य

बाटोको मादल(लघुकथा) -घनश्याम डल्लाकोटी

२१ श्रावण २०७६, मंगलवार

  रजनीको घर दैलेख ! उनी दाईसँगै काठमाडौंमा कोठा भाडा लिएर दाईको संरक्षणमा बस्दै र नर्सिङ् बिषय पढ्दै गरेकी १९ बर्षिया जवानीको लाली चढिसकेकी यौवना । उनकी अामा, छोरीको चिन्ताले दिनदिनैजसो फोन गरेर छोरीलाई सम्झाउँथिन् -” रज्जु विचार गर , शहर, गाउँ जत्ति सुरक्षित छैन नि ! दाइ काममा गएको बेला अाँखा छलेर घरमा बस्ने […]

पुरा पढ्नुहोस

तिमी चोर (कविता) -बिजयीता भण्डारी

२१ श्रावण २०७६, मंगलवार

  तिमीले चोर्दै गर्दा विकृतिलाई ओढ्दै गर्दा आफ्नो रीतिरिवाज भेषभुषा छोड्दै गर्दा सगरमाथाको चुचुरोमा बसेको मेरो देशले देखि भन्दैछ तिमी चोर हो चोर निष्पट अध्यारोलाई उज्यालो पार्ने त्यो जुन चोर धर्तीमुनी तरल भइ बसेको सुन चोर तिमीले विकृतिलाई ओढ्दा पनि संस्कृतिलाई छोड्दा पनि तिमीलाई माया गरिरहने आफ्नो ठानिरहने यो आफ्नो भूमिको गुन चोर तिमीले देश […]

पुरा पढ्नुहोस

झुम्कीसंग रामप्रसाद खनाल (भिडियो सहित)

२० श्रावण २०७६, सोमबार

भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो साहित्य सम्मेलनले छोडेका तरङ्गहरू (सस्मरण) - के.बी.पारखीउनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेलघरबेटीले नामभन्दा जात पहिले सोध्छन् -चिन्तन नेपाल (५ मुक्तकहरू)रुख (लघुकथा) - लता केसीदु:ख काटूँ दु:खैमा हाँसी, सुखको मजा भिन्दै हुन्छ । - गोम बिक्रम (५ मुक्तकहरू)शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको प्रेम […]

पुरा पढ्नुहोस

रातारात चर्चाको शिखरमा ‘हे मेरी आमा…’ तीज गीत

१८ श्रावण २०७६, शनिबार

  भिडियो हेर्न फोटोको बीचमा क्लिक गर्नुहोस नारायण रायमाझीको परिकल्पना र रमेश बि।जीको लय/शब्द रहेको ‘हे मेरी आमा’ बोलको तीज गीत सार्बजनिक हुनेबित्तिकै चर्चाको शिखरमा छ । गीतले मौलिकपनलाई जोगाई राखेको छ भने यसले हाम्रो वर्तमान नेपाली समाजको सामाजिक अवस्थालाई यथार्थ रुपमा चित्रित गरेको छ ।   सम्वन्धित खबर :बाल्टिमोरमा नेपाली भाषाको स्प्रिंग सिजन शुरुटोकियो […]

पुरा पढ्नुहोस

सन्तान (कविता) – सिसा चौधरी

१७ श्रावण २०७६, शुक्रबार

सम्झी पोल्दछ भत्भती मुटु कतै टाढा हुँदा सन्तति । सम्झाऊँ सकिँदैन दुख्छ मन यो साह्रै हुने छट्पटी ।। कट्दैनन् दिन रात कष्ट सहँदै भोकै हरायो किन । के गल्ती हुन गो र दैव अहिले थाल्यौ परीक्षा लिन ॥१।। खेल्थ्यौ हाँस्न तयार जो विगतका सम्झिन्छु बालापन । जिस्किन्थ्यौ सँगमा अनेक नखरा पार्दा रमायो मन ।। छैनौ […]

पुरा पढ्नुहोस

सुनको चन्द्रमा (लघुकथा) – घनश्याम डल्लाकोटी

१७ श्रावण २०७६, शुक्रबार

“ए बुढा यसपाली मलाई एउटा चन्द्रमा किनिदिनु पर्छ । छड्के तिलहरी, मंगलसुत्र, नौगेडी, टप, शिरफूल सबै किनिदिनु भो, अब चन्द्रमाको रहर छ । मलाई अाधा तोला सुनको चन्द्रमा चाहियो । यसपालीको तीजमा त चन्द्रमा पनि लगाएर नाच्ने हो !” – सुत्ने तरखर गर्दै गर्दा चन्द्रावतीले श्रीमान् हरिभक्तसँग मनको रहर पोखिन् । “चन्द्रमा मात्रै किन ? […]

पुरा पढ्नुहोस

– उत्तम विचार (५ मुक्तकहरू)

१७ श्रावण २०७६, शुक्रबार

मुक्तक -१ झुपडीको छानो बन्छु झरी बादल ओत्न पाए मायाले जतन गरी मनको मझेरी पोत्न पाए पसिनाको गन्ध मीठो किसानको छोरो हुँँ म गर्व गर्छु खनी खोस्री आफ्नै माटो जोत्न पाए । मुक्तक -२ यही टोपीले नेपाली भनेकोछ कन्थो भए पनि तर नेपालीको साख धानेकोछ भन्छ नेपाली भएरै मर आफ्नो शिर जोगाउनु टोपी जोगाउनु बा […]

पुरा पढ्नुहोस

सहज हुन्नन् कुनै गन्तव्य छल राख्छन् (गजल) -खड्का जगत दोलखाली

१७ श्रावण २०७६, शुक्रबार

सहज हुन्नन् कुनै गन्तव्य छल राख्छन् नसोच्नुस् भो प्रतिस्पर्धा सरल राख्छन् छोरा घर छोडी परदेशी हुनूँ पहिले नयनमा अाँशु भल मनमा महल राख्छन् जमाइ धन भनूँ के पाउँला तिम्ले प्रहर होस् मर्ने मुखमा मात्र जल राख्छन् पूरा हुन्छन् उसैका चाहना जहिल्यै ज-जस्ले चाहना मनमा प्रबल राख्छन् जहाँ विधवा हिँडी राख्छन् टोलाएर त्यहीं मान्छेहरू सिन्दुर पसल […]

पुरा पढ्नुहोस

जनता पनि कहाँ कम छन् र ? कोरा सिद्धान्तको भ्रमित जादुमा सती जान्छन् – बाबुराम न्यौपाने “उत्स”का (५ मुक्तकहरू)

१७ श्रावण २०७६, शुक्रबार

मुक्तक – १. गतिमान शरीर ढल्नु अगाडी चितामाथि जल्नु अगाडी उपहार कस्तो छाडेर जान्छौ मट्टीमा देह गल्नु अगाडी । मुक्तक – २. अन्त्य बेलामा कमीलाका पनि पखेटा पलाउँछन् सत्ता गलियारीमा कपटपूर्ण अस्त्र चलाउँछन् मट्टी नै जनअभिमतको तातो भट्टीमा बली चढाएर रहस्यमय पात्रहरू गुफाभित्र~किन मुख लुकाउँछन् ? मुक्तक – ३. सत्तासिन सधैं जनतालाई गुलाम ठान्छन् कार्यकर्तालाई […]

पुरा पढ्नुहोस

देख्छु सपनीमा शिखर छोएको बिपनीमा मलाई त्यहीँ दुश्मनको पाउ छुन मात्रै पर्छ किन ?- श्यामकुमार क्षेत्री ‘मुस्कान’ (५ मुक्तकहरू)

१७ श्रावण २०७६, शुक्रबार

मुक्तक -१ हाम्रा असफलता नै सफलताका प्रतीक हुन्छन् आजका मजदुर भोलिको दिन मालिक हुन्छन् साहारा बिना ~पनि बाँच्न सिक्नु पर्छ हामीहरू यो जिन्दगीलाई जसो गरायो त्यसै ठिक हुन्छन् । मुक्तक -२ मैले तिमीलाई ~बिश्वास गरेर भुल गरेछु तिम्रै ~~नजिक ~~सरेर ~~भुल ~गरेछु सँगसँगै जिउने मर्ने बाचा कसम थियो हाम्रो आखिर तिम्रो त्यो सिउँदो भरेर भुल […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य