आइतबार, १२ माघ २०७६
Sun, 2020-01-26
Open Nav

नेपाल/एसिया

८७ देशका श्रमिक नेपालमा, सबैभन्दा धेरै चिनियाँ

७ माघ २०७६, मंगलवार

अशाेक घिमिरे/रासस काठमाण्डाै – विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गएको बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुग्नुभएको थियो । […]

पुरा पढ्नुहोस

हरेक नेपालीको टाउकोमा ३६ हजार ८ सय रुपैयाँ ऋण, सरकारको कुल ऋण ११ खर्ब !

६ माघ २०७६, सोमबार

काठमाण्डौ – नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्म नेपालको ऋण १० खर्ब ९८ अर्ब पुगेको छ । जसमध्ये ६ खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँ वैदेशीक ऋण रहेको छ । यस्तै ४ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । […]

पुरा पढ्नुहोस

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका नेपाली युवा अहिले एप्पलमा इञ्जिनियर

६ माघ २०७६, सोमबार

‘जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’ करिब १५ वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।’ आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल […]

पुरा पढ्नुहोस

सभामुखको उम्मेदवार भनिएका सापकोटा कर्तव्य ज्यान मुद्दाका आरोपित भएको भन्दै विवाद

६ माघ २०७६, सोमबार

  काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्तव्य ज्यान मुद्दाका आरोपित नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले पूर्वमन्त्री समेत रहेका नेता सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति जुटेको थियो । […]

पुरा पढ्नुहोस

एउटा आरोपी हटाएर अर्को आरोपीलाई सभामुख नबनाउन मिन विश्वकर्माको आग्रह

६ माघ २०७६, सोमबार

२०७६, ६ माघ सोमबार काठमाडौँ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सभामुखको उम्मेदवारमा पार्टीले गरिसकेको निर्णयमा पुनःविचार गर्न नेकपालाई आग्रह गर्नुभएको छ । उहाँले एउटा आरोपमा भइरहेको सभामुलाई हटाएर अर्को निष्पक्ष व्यक्ति सभामुखमा नपठाउँदा सरकारमाथि नै आरोप लाग्ने र यसको सन्देश पनि सकारात्मक नजाने भन्दै नेकपालाई निर्णयमा पुनःविचार गर्न समय रहेको बताउनुभयो । नेपाली रेडियो […]

पुरा पढ्नुहोस

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परेर निधन

२९ पुष २०७६, मंगलवार

२९ पुस, काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परेर निधन भएको छ । काठमाडौँको दरबारमार्गस्थित आफैले काम गर्ने बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको बुझिएको […]

पुरा पढ्नुहोस

जापानका लागि नर्सिङ केयर गिभरकाे पुनः परीक्षा हुने

२१ पुष २०७६, सोमबार

काठमाडाैं-जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट उक हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका […]

पुरा पढ्नुहोस

५० लाख रुपैया पुरस्कार राशीको ‘नेपाल स्टार’ शुरु, देशभर उत्साह

२० पुष २०७६, आईतवार

  काठमाडौँ, नेपाल । नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो ‘नेपाल स्टार’ शुरु भएको छ । यो प्रतियोगिताको आयोजना नेपाल टेलिभिजनले गरेको हो । नेपालको पहिलो र नेपाली जनताको करबाट संचालित सरकारी टेलिभिजनले बिदेशी फ़्रेञ्चाईज बिना यो प्रतियोगिता संचालन गर्दैछ । साथै, यो प्रतियोगिताका बिजयीले अहिलेसम्म कै ठुलो धनराशीको पुरस्कार जित्ने घोषणा […]

पुरा पढ्नुहोस

दक्षिण कोरियामा नेपाली टोपी दिवस, भ्रमण बर्षको प्रचार प्रसार

१६ पुष २०७६, बुधबार

अर्जुन बराल  पुस १६, सोल  दक्षिण कोरियामा रहेका नेपालीहरुले नयाँ बर्ष २०२० को पहिलो दिन नेपाली टोपी दिवस मनाएका छन् । उनीहरुले नेपाल भ्रमण बर्षको पनि प्रचारप्रसार गरेका थिए । “राष्ट्रका नाममा दुईघण्टा, हातमा नेपाली झण्डा र सिरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नारालाई आत्मसाथ गदै टोपी दिवस सहित पर्यटन बर्ष २०२० लाई पनि प्रबद्धन […]

पुरा पढ्नुहोस

टिमुरमा अनुसन्धान गर्ने नेपाली वैज्ञानिक अच्युत अधिकारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

६ पुष २०७६, आईतवार

बाल्टिमोर अमेरिका नेपालमा प्रशस्त पाईने टिमुरमा अनुसन्धान गर्दै आएका नेपाली वैज्ञानिक डा अच्युत अधिकारीले अत्ताहुर रहमान पुरस्कार प्राप्त गरेका छन् । युनेस्को अन्तर्गतको ‘एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको यो पुरस्कार डा. अधिकारीले पाएका हुन् । अन्तर्राष्ट्रिय पुरस्कार पाएका डा. अधिकारी त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र […]

पुरा पढ्नुहोस

हाम्रा सहकार्य