Logo

सोमवार, कार्तिक २४ गते २०८३   |   2026 November 09

images

images

गोर्खा भर्ती खुलाउन माग गर्दै पूर्वसैनिकको माइतीघरमा प्रदर्शन

गोर्खा भर्ती खुलाउन माग गर्दै पूर्वसैनिकको माइतीघरमा प्रदर्शन

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०८३
images
गोर्खा भर्ती खुलाउन माग गर्दै पूर्वसैनिकको माइतीघरमा प्रदर्शन

काठमाडौं : भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो ।

भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको छ । भर्ती पुनः सुरु गर्न माग गर्दै पूर्वसैनिकहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पनि पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए ।

त्यस्तै, १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेला पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए । तर उक्त भ्रमणका क्रममा भर्ती खुलाउने विषयमा कुनै ठोस सहमति हुन सकेन ।

सोमबारको प्रदर्शनमा सहभागीहरूले बेरोजगार नेपाली युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

उनीहरूले सचिवस्तरीय निर्णय खारेज गरी पूर्वगोर्खा सैनिकका संस्था तथा संगठन दर्ता र नवीकरण गर्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २४, २०८३ सोमवार - ०५:४०:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend