सिलगढीमा तीन दिवसीय एम.पी.देउसी भैलो महोत्सव भव्यताका साथ सम्पन्न
सिलगढीमा तीन दिवसीय एम.पी.देउसी भैलो महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । मिलनमोड सिलगढीमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा पहिचान कायम राख्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको हो । लाखौँ मानिसको उल्लेख्य उपस्थिति रहेको उक्त महोत्सवले गोर्खाली संस्कृतिप्रतिको अगाध प्रेम र उत्साहलाई उजागर गरेको छ।
महोत्सवमा कलाकारहरूको प्रतिस्पर्धा गराइएको थियो भने विजेताहरूलाई पुरस्कार समेत विवरण गरिएको थियो ।
प्रतियोगितामा सहभागी विभिन्न उत्कृष्ट समूहहरूले निम्नानुसार पुरस्कार प्राप्त गरेका छन् ।
प्रथम पुरस्कार – रु ५,००,००० ( पाँच लाख ) आसामको आमा कला समूह,
द्वितीय पुरस्कार -रु ३,००,००० ( तीन लाख ) मिलनमोड देउसी भैलो समूह,
तृतीय पुरस्कार -रु २,००,००० (दुइ लाख ) कालेबुङ जलपा समूह,
सान्त्वना पुरस्कार -रु ५०,००० ( पचास हजार ) प्रत्येकलाई - जलपाइगढी सुनखरी सङ्घ,असम गोर्खा सङ्घ समूह,बोडोल्यान्ड BTR निकासी,असाम ।
यस भव्य महोत्सवमा निष्पक्ष निर्णय दिनका लागि अनुभवी व्यक्तिहरू तुलसी घिमिरे,,मुक्ति उपाध्याय, गङ्गा प्रसाद भट्टराई,गणेश शर्मा भट्टराई निर्णायकको रूपमा रहेका थिए ।
सोहि समारोहमा गामी वर्षको लागि विशेष घोषणा समेत घोषणा गरियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष एम.पी . राजु विष्टले समापन समारोहलाई सम्बोधन गर्दै आगामी वर्ष ९२०२७० मा आयोजना हुने देउसी भैलो महोत्सवलाई थप बृहत् रूपमा राष्ट्रिय स्तरको बनाउने घोषणा गर्नुभएको छ। उहाँले २०२७ को महोत्सवमा प्रथम पुरस्कार १५ लाख रुपियाँ पुर्याइने जानकारी दिनुभयो।
सांसद विष्टले भाषा, साहित्य, कला र संस्कृतिको बचाउ गर्दै हाम्रो मौलिक पहिचान कायम राख्न यो महोत्सव एक ऐतिहासिक जमर्को भएको बताए। महोत्सवको सफलतासँगै स्थानीय व्यवसायी समिति तथा आयोजकहरू पनि अत्यन्त हर्षित र धन्य बनेका छन्।

